• निर्वाचन समाचार
advertisement

दलको चुनावी एजेन्डाः ‘प्रादेशिक राजधानी'

गोपाल शर्मा | शनिबार, १६ मङि्सर २०७४

प्रदेश ५ दाङ


तुलसीपुर : मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका राजनीतिक दलहरूले मुख्य एजेन्डा प्रदेश राजधानीलाई बनाएका छन्। आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएसँगै प्रदेश राजधानीलाई मुख्य एजेन्डा बनाएर दलहरू मतदातासामु पुग्ने गरेका छन्।

जिल्लागत रूपमा सार्वजनिक भएका घोषणापत्र र प्रतिबद्धतापत्रमा पनि दलहरूले मुख्य चुनावी एजेन्डा प्रादेशिक राजधानीलाई नै बनाएका हुन्। दाङमा क्रियाशील र चुनावी प्रतिस्पर्धामा रहेका प्रायः सबै दलले यस एजेन्डालाई महत्वका साथ प्रस्तुत गरेका छन्। जिल्लामा रहेका सबै दल र उम्मेदवारले प्रदेश ५ को राजधानी दाङलाई बनाउने विषयमा सहमति जनाएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चालगायत दलले आफ्ना घोषणपत्र र प्रतिबद्धतापत्रमा प्रदेशको राजधानी दाङलाई बनाउने योजना सार्वजनिक गरेका हुन्। मतदातासामु होस् या कोठे छलफल सबै ठाउँमा यही विषयलाई मुख्य एजेन्डा बनाइएको दलहरूले बताएका छन्।

दाङ कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले कांग्रेसले प्रादेशिक राजधानी र समृद्ध दाङलाई मुख्य एजेन्डा बनाएर चुनावमा गएको बताए। उनले उच्च अदालत, संघीय प्रहरी कार्यालय, सत्य निरुपणको मुकाम दाङमा नै स्थापना भएको र जिल्ला प्रदेशको मध्यभागमा पर्ने भएकाले सहजताका लागि पनि दाङ नै प्रदेश राजधानी हुनुपर्ने र त्यसका लागि दाङ कांग्रेसले एजेन्डा बनाएर मतदातासामु गएको बताए।

दाङ ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले दाङ प्रदेश ५ को राजधानी हुने भन्दै त्यहीअनुसार चुनावमा होमिएको बताए। उनले हरेक दृष्टिकोणले जिल्ला प्रदेश राजधानीका लागि उपयुक्त भएकाले आफू र आफ्नो पार्टीले यो मुद्दालाई प्रमुख बनाएको बताए। एमाले अध्यक्ष टीकाराम खड्काले पनि प्रदेश ५ को राजधानी दाङ नै हुने दाबी गरे। ‘दाङ प्रदेशको मात्रै होइन, केन्द्रीय राजधानीसमेत बन्न सक्ने जिल्ला हो।' उनले भने, ‘त्यसकारण प्रदेश राजधानीलाई महत्व दिएका छौं, र सोहीअनुसार प्रतिबद्धतापत्र र घोषणापत्रसमेत सार्वजनिक गरेका छौं।

माओवादी केन्द्रका दाङ जिल्ला सहइन्चार्ज निर्मल आचार्यले माओवादीको एकसूत्रीय एजेन्डा जिल्लालाई प्रादेशिक राजधानी बनाइने बताए। उनले एमाले-माओवादी गठबन्धनमा पनि यो विषय राखिएको भन्दै सोहीअनुसार राजधानीलाई मुख्य एजेन्डा बनाइने बताए। ‘प्रादेशिकस्तरका संरचनाहरू बनिरहनुले यसको आधार सिर्जना गरेको छ', उनले भने, ‘हामीले जिते प्रदेश राजधानी पक्का बनाउँछौ।'

त्यस्तै माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र २ का उम्मेदवार कृष्णबहादुर महराले आफ्नो पार्टीको प्रमुख काम र एजेन्डा भनेकै जिल्लालाई प्रादेशिक राजधानी बनाउने भएको बताए। त्यसैगरी एमाले नेता शंकर पोखरेलले दाङलाई राजधानी बनाउने अभियान नै सुरु भइसकेको बताए।

सरकारका श्रम तथा रोजगार राज्यमन्त्री तथा कांग्रेसको तर्फबाट दाङ तीन ‘क' का प्रदेशसभा उम्मेदवार डिल्लीबहादुर चौधरीले दाङलाई प्रादेशिक राजधानी बनाउन कसैले रोक्न नसक्ने जिकिर गरे। सरकारले प्रदेश राजधानीका लागि जिल्लामा रहेका सार्वजनिक जग्गाको अभिलेखीकरण तथा अनुसन्धान सुरु गरिसकेको समेत उनले जानकारी दिए।

जिल्लामा सार्वजनिक भएका दलका घोषणा तथा प्रतिबद्धतापत्रमा समृद्ध दाङ बनाउनका लागि प्रादेशिक राजधानी बनाउने, दीर्घकालीन विकासका लागि पूर्वाधार निर्माण गरी समृद्ध जिल्लाको रूपमा विकास गर्ने उल्लेख गरेका छन्। दाङ उपत्यकामा बृहत् चक्रपथ निर्माण गर्ने, दाङ-देउखुरीको व्यवस्थित विकास निर्माणका लागि गुरुयोजना तयार पार्ने, परिणाममुखी विकास योजनलाई समेत प्रमुख एजेन्डा बनाइएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार