• निर्वाचन समाचार
advertisement

‘निर्वाचनमा बिहारी शैली भित्रियो’

ईश्वरकाजी खाइजू | शनिबार, १६ मङि्सर २०७४

प्रदेश ३ भक्तपुर


मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षक अभिमुखीकरण उद्घाटन गर्दै निर्वाचन अधिकृत उत्तम सिलवाल। तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर : निर्वाचनमा पद, पैसा र बाहुबलले जसरी पनि जित्ने ‘बिहारी शैली’ भित्रिएकोमा चिन्ता व्यक्त गरिएको छ। नेपाल मानवअधिकार संगठन भक्तपुर जिल्ला शाखाले निर्वाचन पर्यवेक्षकका लागि शनिबार गरेको अभिमुखीकरण कार्यक्रमका वक्ताले निर्वाचन महँगो भएसँगै राजनीतिमा नैतिकता र मर्यादा गुम्दै आएकोतर्फ चिन्ता व्यक्त गरेका हुन्।

उनीहरूले निर्वाचन क्रमशः महँगिँदै आएसँगै आचारसंहिता उल्लंघनका घटना पनि बढिरहेकोमा आक्रोश पोखे। निर्वाचन आचारसंहिता पालनासँगै स्वतन्त्र, निष्पक्ष र भय एवं धाँधलीरहित चुनावका लागि निष्पक्ष र स्वतन्त्रतापूर्वक निर्वाचन पर्यवेक्षण अनिवार्य रहेकोमा उनीहरूको जोड थियो।

‘राजनीतिमा अपराधीकरण हाबी भइरहेको छ’, नेपाल मानवअधिकार संगठनका केन्द्रीय महासचिव महामुनिश्वर आचार्यले भने, ‘पद, पैसा र बाहुबलले चुनाव जित्ने भारतको बिहारी शैली भित्रिएको छ। निर्वाचन त पार गरौंला तर यसपछिको परिणाम सम्झेर अहिल्यै जनतामा डर पैदा भइरहेको छ।’

कार्यक्रम उद्घाटन गर्दै भक्तपुर निर्वाचन क्षेत्र २ का अधिकृत उत्तम सिलवालले भक्तपुरमा मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

मंसिर १८ गतेसम्म सम्पूर्ण कर्मचारी मतदान केन्द्र पुग्ने र मतदानअघि नयाँ मतदाताको फोटोसहितको परिचयपत्र वितरण गरिने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल मानवअधिकार संगठनका पूर्वमहासचिव योगेन्द्रमान बिजुक्छे, संगठनको भक्तपुरका पूर्वसभापति विश्वमोहन जोशी, भक्तपुर सभापति रामकृष्ण मानन्धरले देशमा प्रजातन्त्र स्थापनापछि भएका सम्पूर्ण निर्वाचनको संगठनले स्वतन्त्र र निष्पक्ष रूपमा पर्यवेक्षण गर्दै आएको धारणा व्यक्त गरे।

निर्वाचनको क्रममा खटिने करिब ३० जना भक्तपुरका निर्वाचन पर्यवेक्षक सहभागी अभिमुखीकरणमा संगठनका उपाध्यक्ष डा. गोविन्द ढकालले निर्वाचन पूर्व र पछि गरिने रिपोर्टिङ तथा प्रतिवेदन लेखन विधि, अधिवक्ताद्वय कल्याण पोखरेल र हरिराम लबजूले क्रमशः निर्वाचन आचारसंहिता र निर्वाचन पर्यवेक्षण विधि र प्रक्रियाबारे प्रस्तुतीकरण गरेका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार