• निर्वाचन समाचार
advertisement

सकिँदै दलहरुको घरदैलो

सुवास योञ्जन | बिहिबार, ०७ मङि्सर २०७४

प्रदेश ३ दोलखा


चरीकोट: आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारले घरदैलो कार्यक्रम सकाउँदै गएका छन् । यही मंसिर १० गते हुन लागेको निर्वाचनका लागि वाम गठबन्धनले घरदैलो सकेर बुधबार सदरमुकाम चरीकोटमा संयुक्त चुनावी सभा गरेको छ ।

लोकतान्त्रिक गठबन्धनले पनि घरदैलो कार्यक्रमलाई अन्तिम रूप दिन लागेको जनाएको छ । गाउँबस्तीका कार्यक्रम सम्पन्न गर्दै बिहीबार सदरमुकाममा अन्तिम चुनावी सभा गर्न लागेको जनाइएको छ । चुनावी सभालाई कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले सम्बोधन गर्ने कांग्रेस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिए । यही मंसिर ८ गतेदेखि मौन अवधि सुरु हुने भएकाले पनि दलहरूले चुनावी सभालाई समापन गर्दै लगेका हुन् ।

स्थानीय तह निर्वाचनमा झडप भएकाले यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । राजधानीलगायत विभिन्न जिल्लाबाट गुन्डा भित्रिन सक्ने भएकाले दोलखा प्रवेश गर्ने नाकाहरूमा सुरक्षा जाँचमा कडाइ गरेको उनको भनाइ छ ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले धेरै ठाउँमा बुथ कब्जा गरेको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा एमालेले । स्थानीय तह निर्वाचनमा भने केही ठाउँमा कांग्रेस अनि एमालेले बुथ कब्जा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार