• निर्वाचन समाचार
advertisement

महत्वाकांक्षी योजना बाँड्छन् उम्मेदवार

गोविन्द देवकोटा | आइतबार, १७ मङि्सर २०७४

प्रदेश ५ बाँके


नेपालगन्ज : ‘हाम्रो सरकारले सामाजिक सुरक्षा भत्ता दुई हजार बनायो, यसपालिको चुनावमा पनि हामीलाई भोट दिनुहोस्।जित्नेबित्तकै पाँच हजार बनाउँछौं', यो आश्वासन वाम गठबन्धनबाट प्रदेशसभाका लागि बाँके क्षेत्र नं २ (ख) बाट उम्मेदवार बनेका विजय गुप्ताको हो।शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका १० गोसाई गाउँमा चुनावी प्रचारका क्रममा पुगेका गठबन्धनका साझा उम्मेवार गुप्ताले मंसिर २१ गते हुने निर्वाचनमा आफूहरूले जित्नेबित्तिकै ज्येष्ठ नागरिकलाई पाँच हजार मासिक भत्ता दिइने बताएका हुन् ।

निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले पनि प्रचारप्रसारलाई तीव्रता दिएका छन्।आफू पुग्न सकेको ठाउँमा आफै र आफू पुग्न नसक्ने ठाउँमा कार्यकर्ताको झुण्ड परिचालन गरेरसमेत जनतालाई आकर्षित गर्न थालेका छन्।वाम गठबन्धनका उम्मेदवारले सामाजिक सुरक्षा भत्तालाई प्रमुख एजेन्डा बनाएका छन् भने मधेसवादी दलले संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएका छन्।यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बनेकाहरूको पनि पार्टीको राष्ट्रिय एजेन्डा नै प्राथमिकतमा राखेर जनतासामु मत माग्ने क्रम चलेको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएका राष्ट्रिय जनता पार्टीका उम्मेदवारले पनि जनतालाई आफूतर्फ आकर्षित गर्न समृद्धिका योजना बाँडिरहेका छन्।अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नेदेखि रेलवे लाइन विस्तार गर्नेसम्मका योजना घोषणापत्रमा छन्।‘हामीले अघिल्लो निर्वाचनमा भाग लिन पाएनौं, पहिलो पटक निर्वाचनमा सहभागी भई आफ्नो अधिकार प्राप्त गर्ने अवसर पाएका छौं।पटकपटक जनताले अरूलाई जिताउँदा परिणाम हेरिसके, अब देश विकासका लागि राजपालाई एकपटक मत दिएर हेर्नुहोस्', बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका राजपाका विजयकुमार गुप्तले भने।उम्मेदवारहरूले निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न एकअर्का दलमाथि आरोप प्रत्यारोपसमेत सुरु गरेका छन् ।

आफूले जितेमा पाँच वर्षभित्र नेपालगन्जमा दुई किलोमिटर रनवे भएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल थाल्ने उनको भनाइ छ।डेढ सय वर्ष पुरानो नेपालगन्जको गौरव कायम राख्न र यहाँका समृद्धिका लागि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको उनले एजेन्डामा राखेका छन्।पूर्वमेयरसमेत रहेका गुप्ताले संविधान संशोधन, मधेसी तथा पिछडावर्गको उत्थानका लागि राजपालाई एकपटक परीक्षण गरेर हेर्नसमेत उनले अनुरोध गरे।कोही दल गाउँमा मतदातासामु पुगेका छन् भने केही उम्मेदवारले भने होटेलमा पत्रकार सम्मेलनमार्फत आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका छन् ।

कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका ओमप्रकाश आजादले नेपालगन्जलाई प्रदेश नं ५ को प्रादेशिक राजधानी बनाउने योजनालाई मुख्य एजेन्डाका रूपमा अगाडि सारेका छन्।‘भौतिक पूर्वाधार सम्पन्न भएको नेपालगन्ज नै प्रादेशिक राजधानीका लागि उपयुक्त स्थान हो', उनले भने, ‘तीनवटा प्रदेशको मुख्य व्यापारिक केन्द्र भएकाले पनि नेपालगन्ज प्रदेश राजधानी बनाउन योग्य छ ।' यस्तै दलहरूले मधेसी मतदाता फकाउन विभिन्न भाषाभाषीका विश्वविद्यालय खोल्ने योजना घोषणापत्रमा राखेका छन्।साथै मतदाता रिझाउन गाउँ पसेका राजनीतिक दल र तिनका उम्मेदवार पुनः बजार केन्द्रित हुन थालेका छन्।हिजोआज नेपालगन्जका विभिन्न होटलमा पत्रकार सम्मेलन आयोजना गरी जनतासामु आफ्ना योजना राख्ने र मत आकर्षण गर्ने अन्तिम कसरतमा उम्मेदवार लागिपरेका छन् ।

एकातिर वाम गठबन्धन छ भने अर्कोतिर लोकतान्त्रिक गठबन्धन अनि त्यहीबीचमा बाँकेको क्षेत्र नं २ मा चुनाव प्रचारलाई निकै आक्रामक बनाउँदै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहम्मद इस्तियाक राई पनि मैदानमा उत्रिएका छन्।२०६४ सालको संविधानसभाको निर्वाचन जितेर श्रम तथा रोजगारमन्त्रीसमेत भइसकेका राई अहिले दुवै गठबन्धनबाट असन्तुष्ट मत तान्ने दाउमा छन्।उनीसँग पनि उस्तै योजना छन्।सबै उम्मेदवारले बाँड्दै आएको ‘नेपालगन्जलाई प्रदेशको राजधानी बनाउने' उनको पनि प्रमुख मुद्दा हो।सामाजिक सुरक्षा भत्ता, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, मेडिकल कलेज, विश्वविद्यालयको स्थापना अनि नेपालगन्जलाई ‘नमुना' सहर बनाउने सबै दलका साझा मुद्दा बनेका छन् ।

बाँकेको प्रमुख निर्वाचन क्षेत्रका रूपमा नेपालगन्ज सहरलाई लिइएको छ।यो यहाँको निर्वाचन क्षेत्र नं २ मा पर्छ, जहाँ वाम गठबन्धनबाट पशुपतिदयाल मि श्रा, लोकतान्त्रिक गठबन्धनबाट ओमप्रकाश आजाद, संघीय समाजवादी फोरमबाट मोहम्मद इस्तियाक राई र राजपाका विजयकुमार गुप्ता प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् ।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार