• निर्वाचन समाचार
advertisement

गच्छदारलाई चुनाैती दिँदै भगवती

रत्नप्रसाद आचार्य | आइतबार, १७ मङि्सर २०७४

प्रदेश १ सुनसरी निर्वाचन क्षेत्र - २


धरान : कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन्। गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए। पटक-पटक मन्त्री बनेका गच्छदार र लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ। दुवै जना मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ प्रत्याशी हुन्।

गच्छदारले यसअघि मन्त्री हुँदा मोटरबाटो बनाएको अनि यहाँका गरिबलाई सेना, प्रहरी र अन्य सरकारी सेवामा भर्ती गरिदिएको भन्दै भोट मागिरहेका छन्। चौधरी पनि वित्तीय संस्थामार्फत महिलाको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याएको भन्दै भोट मागिरहेकी छन्। यो क्षेत्रमा कांग्रेसको संगठन र गच्छदारको पहुँच उत्तिकै रूपमा मजबुत देखिन्छ। यद्यपि, चौधरीको प्रभाव पनि कम देखिँदैन।

एक लाख नौ हजार नौ सय १७ मतदाता रहेको यो क्षेत्रमा ५३ हजार ६ सय ९४ महिला र ५६ हजार दुई सय २३ पुरुष छन्। यहाँका अधिकांश पुरुष मतदाता गच्छदारको पक्षमा देखिएका छन् भने महिला चौधरीको पक्षमा। थारू र मधेसी समुदायको बाहुल्य रहेकोमा पहाडी र दलित समुदायको भोट निर्णयक हुने देखिन्छ।

स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने गच्छदारलाई निर्वाचन जित्न सहज छ। तर, स्थानीय निर्वाचनमा कांग्रेस र लोकतान्त्रिक फोरमलाई भोट हालेकाहरू कतिपय चौधरीको पक्षमा लागेका छन्। पटक-पटक मन्त्री बने पनि गच्छारले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको चौधरीको आरोप छ। २५ वर्षसम्म सत्तामा पुग्दा गच्छदारले गर्न नसकेको काम आफू निर्वाचित भए पाँच वर्षमै गरेर देखाउने दाबी उनी गर्छिन्।

गच्छदार भने सुनसरीमा आफूले जति विकास कसैले पनि नगरेको भन्दै फेरि जनताले आफूलाई नै जिताउनेमा आशावादी देखिएका छन्। लोकतान्त्रिक फोरममा हुँदा चौधरीलाई पराजित गरेका कारण आफू कांग्रेस फर्किएपछि निर्वाचन जित्न झन् सहज भएको उनको ठम्याइ छ।

गच्छदार फर्किएर बेवास्ता गरेको भन्दै केही पुराना कांग्रेस कार्यकर्ता असन्तुष्ट देखिन्छन्। कांग्रेस महासमिति सदस्य गोमा पराजुलीलगायत गच्छदारसँग असन्तुष्ट छन्। कांग्रेसले योगदान गर्नेहरूलाई बिर्सिन थालेका कारण ‘कांग्रेसको क्रेज बिस्तारै घट्दै गएको’ उनको दाबी छ। बीपी कोइरालाका नाति सिद्धार्थ कोइराला पनि कांग्रेसमा योगदानभन्दा पनि पैसा र पहुँचका भरमा टिकट वितरण गर्दा पुराना कार्यकर्तामा असन्तुष्टि बढेको बताउँछन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार