• निर्वाचन समाचार
advertisement

गोपालमानसँग बदला लिने पद्‍माको दाउ

भवानी अधिकारी। | आइतबार, १७ मङि्सर २०७४

प्रदेश ४ स्याङजा निर्वाचन क्षेत्र - २


स्याङ्जा : क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य पदमा अर्याल चुनावी प्रतिस्पर्धामा छन्। तत्कालीन क्षेत्र नम्बर २ बाट पटक-पटक निर्वाचित श्रेष्ठ यसपटक पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्। आँधी खोला र कालिगण्डकीमा पुल निर्माण, क्याम्पस र अस्पताल स्थापना, बाड खोला-दुलेगौंडा, नाउँडाँडा-कार्कीनेटा, मिर्मी-भिमाद, गल्याङ-चापाकोट मोटरबाटो निर्माण, खानेपानी योजना, कृषि क्याम्पस बनाउने योजनालगायत कामका कारण जिल्लावासीले आफूलाई विकासप्रेमी नेताका रूपमा चिनेको उनी बताउँछन्। उनले आँधी खोला उच्च बाँध, गुणी खोला-छोरेपाटन सुरुङमार्ग, क्षतिपूर्तिसहित सिद्धार्थ राजमार्ग विस्तार, मेडिकल तथा इन्जिनियरिङ कलेज स्थापना, ज्याग्दी र आँधी खोला करिडोर, लुम्बिनी-पोखरा सुरक्षित दु्रतमार्गलगायत विकासका एजेन्डा प्राथमिकतामा रहेको जनाउँदै भोट मागेका छन्।

उनी २०४८ र २०५६ सालको आमनिर्वाचन अनि २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए। दोस्रो संविधानसभामा भने उनी समानुपातिक सदस्य बनेका थिए। अर्याल पनि आफू निर्वाचित हुने दाबी गर्छिन्। वाम गठबन्धनका कारण आफ्नो विजय सुनिश्चित भएको उनी बताउँछिन्। यसपटक आफूलाई अवसर दिन आग्रह गर्दै उनले ‘समृद्ध स्याङ्जा’लाई चुनावी एजेन्डा बनाएकी छन्। २०५६ सालको आमनिर्वाचनमा पनि अर्याल र  श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। त्यस बेलाको पराजयको बदला लिने रणनीतिमा देखिएकी छन् उनी। कांग्रेस बाहुल्य मानिएको क्षेत्रमा फेरि श्रेष्ठ र अर्यालबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभामा चार क्षेत्र रहेको स्याङ्जामा वाम गठबन्धनसहित अन्य नौ दल चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ १ मा विष्णुप्रसाद पौडेल र २ मा भागवतप्रकाश मल्ललाई उम्मेदवार बनाएको छ। वाम गठबन्धनबाट क्रमशः मोहन रेग्मी ((एमाले) र सूर्यप्रसाद गैरे ‘पारस’ (माओवादी केन्द्र) उम्मेदवार छन्।

माओवादी केन्द्रको पकड नदेखिएको स्याङ्जामा संविधानसभाका दुवै निर्वाचनमा कांग्रेसले दुई÷दुई र एमाले एक÷एक सिटमा जितेका थिए। यसपटक क्षेत्र नम्बर १ मा एक लाख आठ हजार ६ सय ८९ र २ मा एक लाख एक हजार तीन सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार