• निर्वाचन समाचार
advertisement

विरासत जोगाउने दाउमा गठबन्धन

यादव आचार्य | सोमबार, १८ मङि्सर २०७४

प्रदेश ५ बर्दिया


बर्दिया : वाम गठबन्धन जिल्लामा राजनीतिक विरासत जोगाउने कसरतमा छ। एमाले र माओवादीका प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार सामुहिक प्रचारमा छन्। विगतमा चार निर्वाचन रहेको जिल्लामा संघीय संरचनामा जाँदा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन्।

वाम गठबन्धनले प्रतिनिधिसभामा एमाले र माओवादीबीच भागवण्डा गरेको उम्मेदवारी दिएको छ। २०६४ को संविधानसभामा माओवादीले चार वटा क्षेत्र जितेर जिल्लालाई ‘लाल किल्ला' बनाएका थिए। ०७० को संविधानसभामा माओवादीले दुई, एमाले र कांग्रेसले एक÷एक क्षेत्र जिते।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार ०६४ को निर्वाचनमा बर्दिया १ बाट तत्कालीन नेकपा माओवादीकी सरला रेग्मी १७ हजार नौ सय ५५ ल्याएर एमाले नेता वामदेव गौतमलाई चार हजारभन्दा बढी मतले विजयी भइन्। गौतमले १३ हजार सय ७३ मत प्राप्त गरे। ०७० मा भने गौतमले अघिल्लो चुनावको बद्ला लिए। गौतमले १८ हजार तीन ४७ मत ल्याएर माओवादीका भवनकुमार थारुलाई साढे ६ हजारभन्दा बढी मतले हराए। थारूले ११ हजार ६ सय २८ मत पाए। गौतम प्युठानबाट पनि विजयी भएका थिए। गौतमले प्युठान रोजेपछि भएको उपनिर्वाचनमा पनि एमालेले कब्जा जमायो।

०६४ मा क्षेत्र २ बाट माओवादीका विष्णुप्रसाद चौधरी (थारु) ले १७ हजार आठ सय ५१ ल्याएर कांग्रेसका संजयकुमार गौतमलाई १० हजारभन्दा बढी मतले हराए। गौतमले ७ हजार ६ सय ५ मत प्राप्त गरे। ०७० मा भने गौतमले पनि विगतको हारको बद्ला लिए। उनको प्रतिस्पर्धा एमालेका पूर्ण शर्मासँग भयो। गौतम ११ हजार ६ सय १८ मत प्राप्त गरी एक हजारभन्दा बढी मतले निर्वाचित भए। शर्माको मत १० हजार दुई सय ४२ आयो। माओवादी तेस्रो स्थानमा पुग्यो।

क्षेत्र ३ मा भने पहिलो र दोस्रो दुवै संविधानसभामा माओवादीले नै जित्यो। पार्टीले मात्र होइन, जित दोहोर्‍याउने नेता पनि एउटै भए, सन्तकुमार थारू। ०६४ मा थारुले २३ हजार ६ सय ६३ मत ल्याएर कांग्रेसका परशुराम थारुलाई झन्डै तेब्बर बढी मतले पराजित गरे। परशुरामको मत ८ हजार ९ नौ ६७ मात्र आयो। ०७० मा पनि सन्तकुमारले कांगे्रसका मालती सोडारीलाई चार हजारभन्दा बढी मतले हराए। उनले १४ हजार तीन सय ५ मत ल्याए भने सोडारीले १० हजार एक सय ८४ मत पाइन्।

दुवै संविधानसभामा क्षेत्र ४ पनि माओवादीले नै कब्जा जमायो। ०६४ मा माओवादीका रामचरण चौधरीले तेब्बरभन्दा बढी मत ल्याएर कांग्रेसका अरूणप्रकाश सिंह राठौरलाई हराए। चौधरीको २४ हजार र राठौरको ७ हजार ६ सय ११ मत आएको थियो। ०७० मा राठौरलाई नै पाँच सयको झिनो मतले माओवादीका मानबहादुर थारूले हराए। थारूले १४ हजार तीन सय ५ र राठौरले १३ हजार सात सय ८९ मत ल्याएका थिए।

बर्दियामा प्रत्येक निर्वाचनमा फरक-फरक दलले नतिजा ल्याएको देखिन्छ। अघिल्ला दुई संविधानसभा र स्थानीय तह निर्वाचनको मतका आधारमा वाम गठबन्धन बलियो छ। एमाले र माओवादी केन्द्रको मत जोड्दा गठबन्धनले ‘लाल किल्ला' बनाउने दाबी गरेको छ। लोकतान्त्रिक गठबन्धन भने अघिल्ला निर्वाचनको नतिजा यसपटक नआउने ठोकुवा गरिरहेको छ।

०७० का विजेताहरू क्षेत्र १ मा एमाले उपाध्यक्ष वामदेव, क्षेत्र २ मा कांग्रेस जिल्ला सभापति तथा सिँचाइ मन्त्री सञ्जय र क्षेत्र ३ मा विना विभागीय मन्त्री सन्तकुमार दोहोरिएका छन्। क्षेत्र २ बाट कांग्रेसबाट भूमिसुधार मन्त्री गोपाल दहित छन्। जिल्लाका यी ‘हेभिवेट'लाई यो निर्वाचन प्रतिस्ठाको विषय बनेको छ। दलीय विरासतको किल्ला जोगाउन र भत्काउन वाम तथा लोकतान्त्रिक गठबन्धन कस्सिएका छन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार