• निर्वाचन समाचार
advertisement

मतदाता रिझाउन अन्तिम कसरत

महेश केसी | बिहिबार, ०७ मङि्सर २०७४


त्रिवेणी-१ मा निर्वाचन प्रचारका क्रममा वाम गठबन्धनका नेता तथा कार्यकर्ता । अन्नपूर्ण

मुसीकोट: पहिलो चरणको निर्वाचनका लागि प्रचार अवधि सकिनै लागेको छ । यस बेला रूकुम पश्चिमका गाउँ–बस्तीमा दल र तिनका उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरत गरिहेका छन् ।

कांग्रेस र एमाले–माओवादी केन्द्र गठबन्धनबीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षका उम्मेदवारले विभिन्न स्थानमा चुनावी सभा, भेटघाट र घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष अन्तर्क्रियामा जोडिएको बताएका छन् ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको रूकुम पश्चिममा प्रदेशसभाका लागि दुई क्षेत्र छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका जनार्दन शर्मासँग कांग्रसका गोपालजीजंग शाह चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रातो कामी र कांग्रेसका कृष्ण रोकाय मुख्य प्रतिस्पर्धी देखिएका छन् । प्रदेशसभातर्फ नै क्षेत्र नम्बर २ मा कांग्रसबाट खड्क डाँगी र माओवादी केन्द्रबाट गोपाल शर्मा (अनल) उम्मेदवार छन् ।

वाम गठबन्धनले प्रतिनिधिसभातर्फ चुनावी सभा, अन्तक्र्रिया र भेटघाट सकी अहिले घरदैलोमा रहेको जनाएको छ । प्रदेशसभातर्फ भने गठबन्धनले चुनावी सभासँगै अन्तक्र्रिया र घरदैलो गरिरहेको छ । ‘हामीले अबको पाँच वर्षमा के गर्न सकिन्छ भनी योजना तयार पारेर स्थानीय घोषणापत्र हरेक मतदाताको घरमा पु¥याएका छौं’, शर्माले भने, ‘यसबाहेक कतै पनि पर्चा, पम्पलेट, ब्यानर र देखाउनकै लागि नाराबाजी अनि हल्लाखल्ला गरेका छैनौं । रूकुम पश्चिमको विकासका लागि के गर्न सकिन्छ भनेर जनतासँग प्रत्यक्ष अन्तक्र्रिया गरिरहेका छौं ।’
यसपल्टको निर्वाचनमा विगतका सबै तीतो भुलेर एमालेले माओवादी केन्द्रलाई साथ दिरहेको छ । निर्वाचन प्रचारको अन्तिम दिन गठबन्धनले सदरमुकाम आसपास कार्यकर्ता भेटघाट र घरदैलोलाई तीब्रता दिने जनाएको छ ।

वाम गठबन्धनसँग मुख्य प्रतिस्पर्धामा रहेको कांग्रेस एक्लै चुनावी मैदानमा छ । सबै नगरपालिका, गाउँपालिका र वडाहरूमा चुनावी कार्यक्रम सकेर अहिले घरदैलोमा भोट माग्दै जनतासँग प्रत्यक्ष अन्तक्र्रियामा जुटेको कांगेस रूकुम पश्चिमका सभापति प्रेम ओलीले जानकारी दिए । ओलीका अनुसार कांग्रेसले बिहीबार सदरमुकाम खलंगामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सहभागी गराएर चुनावी सभा आयोजना गर्दै छ ।

माओवादीले सशस्त्र द्वन्द्वकालदेखि नै रूकुमलाई आफ्नो ‘लालकिल्ला’ भन्दै आएको छ । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा साविक रूकुम जिल्ला हाल पूर्व र पश्चिम दुवै जिल्लामा माओवादीले जित हात पारेको थियो । स्थानीय तह निर्वाचनमा पनि रूकुम पूर्वका तीन स्थानीय तह र पश्चिमका ६ तहमा पनि जितेको माओवादीले यसपटक पनि विजय सुनिश्चित रहेको दाबी गरेको छ । कांग्रेसले पनि आफू जित्ने दाबी गरेको छ ।

विगतका निर्वाचनमा दलहरूले राजनीतिक मुद्दालाई पहिलो प्राथमिकतामा राखेका थिए । यसपल्ट भने स्थानीय विकासको सवाल चुनावी प्राथमिकतामा परेको देखिएको छ । सडक, विद्युतीकरण, खानेपानी अनि शिक्षाको सहज पहुँचका साथै स्वास्थ्य क्षेत्रको विकास तथा कृषिको व्यवसायीकरणमा दलहरूले जोड दिएको देखिन्छ । मतदाता भने विगतमै यस्ता विषय उठे पनि पूरा भने नभएको भन्दै घोषणापत्रअनुसार विकास गर्नेमा शंका गर्छन् । रूकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा ६, प्रदेशसभा १ मा चार र २ का लागि तीन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार