• निर्वाचन समाचार
advertisement

भक्तपुरमा निर्धक्क भएर मतदान गर्न आह्वान

ईश्वरकाजी खाइजू | मङ्गलबार, १९ मङि्सर २०७४

प्रदेश ३ भक्तपुर


भक्तपुर सीडीओ) मंसिर २१ गते हुने निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै भक्तपुरमा प्रजिअ द्रोण पोखरेल। तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले विनाडर, त्रास र भयरहित वातावरण निर्धक्क मतदानमा सहभागी हुन आह्वान गरेको छ।

कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको भन्दै जिल्लाका मतदाताहरुलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको हो। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रत्येक मतदान केन्द्रका तीनवटा सुरक्षा घेरा रहेको र कुनै पनि ठाउँमा निर्वाचनविरोधी कार्य भएमा तत्काल सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए।

‘प्रत्येक मतदानस्थलमा तीनवटा सुरक्षा घेरामा पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरिएको छ’, उनले भने, ‘साथै कुनै घटना भए तत्काल मतदान केन्द्र पुग्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलीको व्यवस्था गरेका छौं। त्यसको सहायता गर्न ब्याक अप फोर्समा नेपाली सेनाको गस्ती तैनाथ रहनेछ।’

उनका अनुसार निर्वाचनको दिन जनपद प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी करिब दुई हजार दुई सय सुरक्षाकर्मी परिचालन हुनेछन्। निर्वाचन प्रचारप्रसारका क्रममा भक्तपुरमा छिटपुट रुपमा केही चुनावविरोधी गतिविधि भए पनि मतदानको क्रममा त्यस्तो घटना हुन नदिन आफूहरु सचेत रहेको प्रजिअ पोखरेलको भनाइ थियो।

उनले जिल्लाका दुई सय नौ वटा मतदानस्थलमा कर्मचारीसँगै निर्वाचन सामग्री पुगिसकेको बताए। उनका अनुसार प्रत्येक मतदान केन्द्रमा आठ जना कर्मचारी खटिएका छन्। सम्बन्धित मतदान अधिकृतले आवश्यकताअनुसार थप चारजना स्वयम्सेवक परिचालन गर्न सक्छन्।

प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्वाचनको मौन अवधि सुरु भइसकेकोले यसबीचमा निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन अनुगमनको व्यवस्था गरिएको समेत जानकारी दिए। जिल्लाका रहेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरुको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचनपश्चात मतगणनाको क्रममा आधिकारिक रुपमा एकद्वार प्रणालीबाट परिणाम सार्वजनिक गर्नको लागि सूचना अधिकारीको व्यवस्था गरिने बताए।

दुइटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नं १ को मतगणनाको चाँगुनारायण नपा ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा व्यवस्था गरिएको छ। क्षेत्र नं २ को मतगणना भने मध्यपुर थिमि नपा ९ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने व्यवस्था गरिएको छ।

मतगणनास्थलको सुरक्षाको सबै प्रवन्ध मिलाइएको जानकारी दिँदै प्रजिअ पोखरेलले मतगणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएको र मतगणना सार्वजनिक गर्न माइकको व्यवस्था गरिएको बताए। भक्तपुरमा कूल एक लाख ७८ हजार ९९ मतदाता रहेका छन्। जसअनुसार क्षेत्र नं. १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३५ मतदाता रहेका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार