• निर्वाचन समाचार
advertisement

मतदातालाई ‘सुरक्षा ग्यारेन्टी’

किशाेर बुढाथाेकी | मङ्गलबार, १९ मङि्सर २०७४

प्रदेश १ मोरंग


विराटनगर–५ स्थित कोचाखाल मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी। अन्नपूर्ण

विराटनगर : दोस्रो चरणमा बिहीबार हुन लागेको निर्वाचनका लागि स्थानीय प्रशासनले ‘उपयुक्त हिसाबको’ सुरक्षा प्रबन्ध मिलाएका छन्। सुरक्षा अधिकारीले प्रदेश नम्बर १ मा निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि जनाएका छन्।

सबै मतदान केन्द्र र मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले मतदान गर्न जान सुरक्षाका दृष्टिकोणले मतदातालाई कुनै समस्या नरहेको बताए। मतदातालाई मतदानस्थलबाट घरसम्मकै सुरक्षा व्यवस्था मिलाएर बिनाहिच्किचाहट भोट हाल्न जाने अवस्था बनाएको उनको दाबी छ।

‘उचित हिसाबको सुरक्षा प्रबन्ध मिलाइसकेका कारण मतदाताको सुरक्षाको ग्यारेन्टी हामी गर्छौं’, उनले भने, ‘ढुक्क भएर मतदान गर्न जाने वातावरण बनिसकेको अवस्थामा सुरक्षा सवालमा कुनै पनि कमजोरी हुन दिइनेछैन।’

उचित सुरक्षा व्यवस्था मिलाएर सबै मतदान केन्द्रमा आवश्यक हातहतियार तथा बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकेको उनको भनाइ छ। भने, ‘मतदानस्थल सुरक्षाकर्मीको नियन्त्रणमा छन्। कुनै समस्या नआओस् भनेर विभिन्न ठाउँमा अप्रेसन पनि जारी छ।’

उनका अनुसार निर्वाचनविरोधी जोकोहीलाई कुनै पनि अवस्था र बहानामा छुट नदिने नीतिका कारण पनि सुरक्षा व्यवस्था मजबुत बनेको छ। निर्वाचन सुरक्षाका लागि सेना, सशस्त्र, प्रहरी र म्यादीसहित गरेर ४५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित रहेको सुरक्षा स्रोतले बताएको छ।

तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान केन्द्र प्रहरीको जिम्मामा छ। त्यसभन्दा बाहिर सशस्त्र र सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ।

निर्वाचनका बेला मानवीय क्षति नहोस्, मतदान केन्द्र सुरक्षित रहोस्, मतदाता सुरक्षित रहून् अनि भयरहित वातावरणमा मतदान गर्ने अवस्था बनोस् भनेर सबै ठाउँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाएको उनले बताए। ‘सबै ठाउँमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेका छौं’, उनले भने, ‘मतदातालाई सशंकित र आतंकित पार्ने गतिविधिलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकिएको छ।’
उनका अनुसार निर्वाचनविरोधी गतिविधि गर्ने समूहले ठाउँ–ठाउँमा बम विस्फोट गराएर आतंक मच्चाउन खोजे पनि त्यसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीको छुट्टै टोलीसमेत परिचालित छ। भने, ‘सुरक्षा निकायबीच समन्वय गरी डर÷त्रास देखाएर मतदातालाई मतदानमा सहभागी हुन नदिन गरिँदै आएका सबै गतिविधि नियन्त्रणमा लिइसकिएको छ।’

मतदाता अधिकारबाट वन्चित नहून् अनि मतदान गर्न जाँदा असुरक्षा महसुस नगरून् भनेर सुरक्षा निकाय चनाखो रहेको उनको भनाइ छ। ‘कहीं कतैबाट कुनै पनि बहानामा मतदानमा सहभागी हुन र मतदान गरेर फर्कनलाई अवरोध गर्ने काम भयो भने त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाइनेछ’, उनले भने, ‘मतदातालाई घरबाट मतदानस्थलसम्म जान र मतदान गरेर घर फर्किंदासम्मको सुरक्षा व्यवस्था मिलाइएको छ।’

सुरक्षा अधिकारीले निर्वाचनलाई लक्ष्य गरी पैदल, हवाई र मोबाइल गस्ती बढाएको जनाएका छन्। मतदानस्थल र वरपर कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहका अनुसार सुरक्षा प्रबन्ध मिलाउने सवालमा हेलिकोप्टरले केही दिनयता नियमित गस्ती पनि गरिरहेको छ। ‘सुरक्षाकर्मीले पैदल गस्ती पनि गरिरहेका छन्। हेलिकोप्टरबाट हवाई गस्ती पनि भइरहेको छ’, उनले भने, ‘सेनाको बख्तरबन्ध गाडीले पनि आफ्नै हिसाबमा गस्ती गरिरहेको छ। संवेदनशील भनिएका मतदान केन्द्रमा पनि त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ।’

आपत्कालीन अवस्थामा सुरक्षाकर्मी ओसार्ने हेलिकोप्टर र सवारी साधन पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ। भने, ‘मतदानस्थलको ‘रेकी’ गर्दै आवश्यक परेका बखत तत्काल पुर्‍याउन सक्ने गरी सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’ पनि तयारी अवस्थामा छ।’            

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार