• निर्वाचन समाचार
advertisement

मौन अवधिमा उजुरीको चाङ

कुमार लुइँटेल | मङ्गलबार, १९ मङि्सर २०७४

प्रदेश १ मोरंग


विराटनगर : मौन अवधिमै सबैभन्दा धेरै आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। निर्वाचन कार्यालयमा उजुरीको चाङ नै लागेको छ। राजनीतिक सभा, सार्वजनिक छलफल र राजनीतिक कार्यक्रम गर्न नहुने भए पनि त्यसलाई निरन्तरता दिएको उजुरीमाथि क्षेत्रीय निर्वाचन कार्यालयले छानबिन थालेको छ।

विराटनगर महानगरपालिकानजिकै पार्टी प्यालेसमा मंगलबार एक मुख्य दलले सभा गरेको अडियो-भिजुअलसहित निर्वाचन कार्यालयमा उजुरी परेको छ। स्पष्टीकरण लिँदा उक्त पार्टीका निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण मात्र भएको भन्ने जानकारी आएको क्षेत्रीय निर्वाचन प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। भने, ‘हामीलाई प्राप्त भएको उजुरीका आधारमा छानबिन र स्पष्टीकरण लिँदा त्यो कार्यक्रम राजनीतिक सभा नभएको भन्ने थाहा भयो।’

कानेपोखरी गाउँपालिका-३ को कामत माझीटोलमा जेसीभीसमेत परिचालन गरी विकास निर्माणअन्तर्गत सडक निर्माण हुँदै गरेको, सोही वडाको सामाजिक प्राथमिक विद्यालयनजिक पनि सडककै काम हुँदै गरेको, सुन्दरहरैंचा नगरपालिका-५ मा बिजुलीको पोल गाड्ने काम भइरहेको अनि विराटनगर-४ को कञ्चनबारीमा एक ठूला दलका कार्यकर्ताले तुल-ब्यानर राख्ने काम गर्दै आएको भन्ने उजुरी निर्वाचन कार्यालयमा सोमबार साँझ र मंगलबार परेका थिए।

‘मौन अवधिमा एक दलले गरेको आचारसंहिताविपरीतको कामको उजुरी अर्को दलबाट हुने गरेको छ’, उनले भने, ‘सर्वसाधारणले पनि टेलिफोन तथा लिखित रूपमा उजुरी गर्दै आएका छन्।’ विराटनगरको गुद्रीबजारमा एक उम्मेदवारले १४-१५ सहयोगीका साथमा भोट माग्दै गरेको उजुरी मंगलबार नै पर्‍यो। निर्वाचन कार्यालयले तत्कालै त्यस विषयमा बुझेर उम्मेदवारलाई सचेत गराएको थियो।

दलहरूले निर्वाचन प्रचारका क्रममा राखेका तुल÷ब्यानर, झन्डा र पोस्टर आफैं हटाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन। बरु दलहरूले निर्वाचन चिह्न अंकित ब्यानर तथा तुललाई मौन अवधिमा पनि लगाउने क्रमलाई निरन्तरता दिएका छन। निर्वाचन कार्यालयले भने तुल-ब्यानर हटाउने जिम्मेवारी दलकै भए पनि सुरक्षाकर्मी र म्यादी प्रहरी परिचालन गरेको स्पष्ट गरेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार