• निर्वाचन समाचार
advertisement

बागीले गठबन्धन संकटमा

नवराज महतारा | बिहिबार, ०७ मङि्सर २०७४

प्रदेश ६ हुम्ला निर्वाचन क्षेत्र - १


सिमकोट: एमाले र माओवादी केन्द्रले हुम्लामा गठबन्धनको निर्णयअनुरूप संयुक्त रूपमा निर्वाचन प्रचार गरेका छैनन् । मतदानको दिन नजिकिए पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारमा वाम गठबन्धनबाट कसलाई समर्थन गर्ने भन्ने टुंगो नलाग्दा गठबन्धनमा समस्या देखिएको हो ।

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रबाट बागी उम्मेदवारीका कारण कसलाई समर्थन गर्ने भन्नेमा एमाले दोधारमै रहँदा गठबन्धन संकटमा परेको माओवादी केन्द्र हुम्लाका संयोजक लालकेश जैसी बताउँछन् । उनका अनुसार गठबन्धनका तर्फबाट टिकट पाएका माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी दोर्जे लामाको टोलीलाई एमाले हुम्लाले साथ नदिएका कारण गठबन्धन संकटमा पर्दै गएको हो ।

‘हामीले सुरुआतदेखि नै एमाले नेताहरूलाई संयुक्त चुनावी प्रचार अभियान सञ्चालन गरौं भनेका थियौं', उनी भन्छन्, ‘तर, जिल्लाका अधिकांश क्षेत्रमा प्रचार अभियान सम्पन्न भइसक्दा पनि एमालेले नमानेका कारण गठबन्धन निकै धरापमा परेको छ ।'

केन्द्रीय गठबन्धनअनुसार आधिकारिक उम्मेरदवारलाई एमालेले सहयोग नगरे आफू पनि एमालेलाई सहयोग गर्न नसक्ने चेतावनी उनले दिए । पदका लागि लुछाचुडी गर्ने केन्द्र र जिल्लाका नेताका कारण हुम्लामा गठबन्धन संकटमा परेको उनको ठहर छ ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ र प्रतिनिधिसभामा टिकट पाएको माओवादी केन्द्रबाट बागी उम्मेदवारी परेपछि गठबन्धन सकसमा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य गोरखबहादुर बोगटी पनि बताउँछन् । ‘माओवादी केन्द्रमा आधिकारिकभन्दा बागी उम्मेरदवारलाई समर्थन गर्नेको लर्को ठूलो भएकाले गठबन्धन समस्यामा परेको हो', उनी भन्छन्, ‘सात गाउँपालिका रहेको हुम्लामा माओवादी केन्द्रका नाम्खा, सर्केघार्ड, चंखेल्नी कमिटीले प्रतिनिधिसभाका बागी उम्मेदवार छक्कबहादुर लामालाई समर्थन गरेपछि एमालेले माओवादीका दुवै उम्मेरदवारभन्दा फरक रहेर निर्वाचन प्रसार अभियान सञ्चालन गरेको हो ।'

गठबन्धनका आधिकारिक उम्मेदवार छिमीभन्दा स्वतन्त्र उम्मेरदवार छक्कबहादुरको पक्षमा माहोल राम्रो भन्दै माओवादी केन्द्रकै स्थानीय कमिटीले समर्थन गरेका छन् । छक्कबहादुरलाई समर्थन गर्न दबाब आए पनि आफूले आधिकारिक टिकट पाएको भन्दै छिमी पछि नहट्दा समस्या आएको माओवादी केन्द्रीय भेला आयोजक सदस्य तथा अदानचुली गाउँपालिका संयोजक कर्ण रोकायाको तर्क छ । एमालेले छक्कबहादुरलाई नै समर्थन गर्नुपर्ने अडानमा रहेका रोकाया छिमीको पक्षमा लागे आफू गठबन्धनका तर्फबाट प्रदेशसभातर्पm क्षेत्र नम्बर १ का उम्मेरदवार दल रावललाई सहयोग नगर्ने संकेत गर्छन् । आधिकारिक टिकटभन्दा जनमतलाई कदर गर्नुपर्ने उनको जिकिर छ ।

गठबन्धनका तर्फबाट प्रदेशसभातर्फ क्षेत्र नम्बर २ का उम्मेरदवार विजय भण्डारी पक्षले पनि प्रतिनधिसभा सदस्यको प्रचारमा मुख खोलेको छैन । अदानचुली र ताजाकोट गाउँपालिकामा छिमी अनि चंखेल्नी, सर्केघार्ड गाउँपालिकामा छक्कबहादुरको पक्षमा गठबन्धनको मत बढी देखेपछि कुन पक्षसँग खुल्ने भन्नेमा समस्या भएको एमाले जिल्ला अध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य उम्मेदवार दल रावल बताउँछन् । माओवादीमा दुई उम्मेरदवार भएकाले गठबन्धनमा निकै समस्या परेको उनको भनाइ छ । उनका अनुसार एमालेले कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने निर्णय गर्न लागेको छ ।
मतदातामा अन्योल
केन्द्रमा वाम गठबन्धन भएपछि उत्साहित देखिएका एमाले–माओवादी केन्द्र कार्यकर्ता मंसिर १० गते प्रतिनिधिसभा सदस्यमा कसलाई मतदान गर्ने भनेर अन्योलमा देखिएका छन् । माओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभा सदस्य उम्मेदवारमा जिल्ला इन्चार्ज छिमी दोर्जे लामा र पोलिटब्युरो सदस्य छक्कबहादुर लामा उठेपछि कसलाई मत हाल्ने भन्नेमा निकै अन्योल छाएको अदानचुली गाउँपालिका–३ का वडा सदस्य गोरख थापा बताउँछन् ।
यहाँ बामपन्थीको बाहुल्य रहे पनि विवादका कारण जित लोकतान्त्रिक पक्षको हुने गरेकाले आफ्नो मत खेर गएको ताजाकोट–१ का हिक्मत खड्काको भनाइ छ । प्रतिनिधिसभा सदस्यतर्फ यो वर्ष पनि दुई उम्मेदवार भएपछि मत खेर जाने अवस्था देखेको उनी बताउँछन् । वाम गठबन्धनका नेता÷कार्यकर्ता छक्कबहादुर र छिमीको पक्षमा विभाजित हुँदा मतदाता अन्योलमा परेको सर्केघार्ड गाउँपालिका–१ का उब्जन मल्लको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार