• निर्वाचन समाचार
advertisement

धमाधम परिचयपत्र बाँडिँदै

कृष्ण सारु मगर | बुधबार, २० मङि्सर २०७४

प्रदेश ३ मकवानपुर


हेटौंडा : मकवानपुरको मनहरि गाउँपालिकास्थित रोटरी माविस्थित ‘ग' मतदान केन्द्रका प्रमुख राजु आचार्य सोमबार दिउँसो मतदाता परिचयपत्र बाँड्न व्यस्त थिए। उनले दिनभरमा एक सय १२ वटा नयाँ मतदाता परिचयपत्र वितरण गरे। अझै एक सय ४२ वटा नयाँ मतदाता परिचयपत्र वितरण गर्न बाँकी छ। उनीजस्तै मकवानपुरका तीन सय २४ मतदान केन्द्रका प्रमुख र कर्मचारी सोमबार मतदाता परियचपत्र वितरणमा व्यस्त भए।

मकवानपुरमा वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनपछि करिब २७ हजार मतदाता थपिएका छन्। उनीहरूले सोमबार मतदान केन्द्रमा पुगेलगत्तै मतदाता परिचयपत्र वितरण थालेका हुन्। परिचयपत्र वितरणसँगै मतदान केन्द्र (बुथ) निर्माणमा पनि कर्मचारी जुटेका छन्। हेटौंैडा-१९ स्थित निर्मल बहुमुखी क्याम्पस मतदान केन्द्रमा भने कर्मचारी बुथ निर्माणमा व्यस्त थिए।

हेटौंडा-३ स्थित त्रिभुवन मावि मतदान केन्द्रमा भने सर्वदलीय बैठक भइरहेको थियो। ‘हामीले आवश्यक तयारी तीव्र पारेका छौं', मतदानकेन्द्र प्रमुख बद्री पाठकले भने, ‘परिचयपत्र वितरण भइरहेको छ, मंगलबार दिउँसोसम्म बुथ निर्माण पनि सक्ने योजना छ।' सोमबार दिउँसो चार बजेतिर मनहरि गाउँपालिका-९ स्थित ऋषेश्वर आधारभूत मावि मतदानकेन्द्र भने सुनसान थियो। ‘आज थोरै मतदाताले मात्र मतदाता परिचयपत्र लानुभयो', उनले भने, ‘हामीले खुला चौरमा मतदान गराउनुपर्ने भएकाले आवश्यक सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्नेमै दिनभर व्यस्त भयौं।'

हेटौंडा उपमहानगरपालिका मतदान केन्द्रमा मंगलबार र अन्य गाउँपालिकाका केन्द्रमा सोमबार नै कर्मचारी पुगेर आवश्यक काम थालेका जिल्ला निर्वाचन कार्यालय प्रमुख गोविन्द पौडेलले बताए। ‘परिचयपत्र वितरण र बुथ निर्माणको काम धमाधम भइरहेको छ', उनले भने।

सुरक्षा व्यवस्था कडा

मतदाता र मतदान केन्द्रको सुरक्षा सुदृढ बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ। समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी चक्र बुढाले म्यादी, जनपद, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धानका गरी तीन हजारभन्दा धेरै सुुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। ‘मतदातालाई घरदेखि बाटो र मतदान केन्द्रसम्म सुरक्षाको अनुभूति हुने गरी सुरक्षाकर्मी परिचालन गरेका छौं', उनले भने, ‘ढुक्कसाथ आफ्नो मताधिकार प्रयोग गर्न म सबै मतदातासँग अनुरोध गर्छु।'

नयाँ मतदाता निर्णायक

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि मंसिर २१ गते हुने निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ मतदाताले मतदान गर्न पाउनेछन्। तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन्। थपिएका मतदाताले जुन उम्मेदवारलाई मत दिन्छन् उसैले जित्ने देखिएको छ।

उम्मेदवारहरू भित्रभित्रै मत माग्दै

मौन अवधि सुरु भइसकेकाले सार्वजनिक सभा र घरदैलो गर्न नपाइने भएपछि राजनीतिक दलका नेता तथा उम्मेदवार भित्रभित्रै मत माग्न व्यस्त छन्। सार्वजनिक कार्यक्रम नगरे पनि विभिन्न समूहमा भेटघाट गर्दै उम्मेदवार आफ्ना पक्षमा मतदाता आकर्षित गर्न अन्तिम कसरतमा जुटेका छन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार