• निर्वाचन समाचार
advertisement

बरगद्दीका द्वन्द्वपीडित भन्छन : ‘आफन्तको स्मारक बनाईदिनेलाई भोट’

गोपाल शर्मा | बुधबार, २० मङि्सर २०७४

प्रदेश ५ दाङ निर्वाचन क्षेत्र - २


२०५८ साल मंसिर १३ गते दाङको घोराही उपमहानगर १७ बरगद्दीमा ११ जनाको सामुहिक हत्या गरिएको बरगद्दीको खल्यान ।

बरगद्दी (दाङ) : घोराही बरगद्दीका द्वन्द्वपीडितहरुले आफना आफन्तको स्मारक बनाउन पहलगर्ने उम्मेदवारलाई भोट दिने वताएका छन । उनीहरुले अहिले सम्म भोट माग्न आउँदा बचन दिए पनि कुनै पनि पार्टी र नेताले पुरा नगरेको भन्दै उनीहरुले यस पटकको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आफन्तहरुको सामुहिक हत्या भएको स्थानमा स्कारक बनाइदिनेलाई भोट दिने बताएका हुन ।

२०५८ सालमा मंसिर १३ गते खेतमा काम गरिरहेका ११ जना किसानहरु मारिएको बरगद्दी घटना पछि दुई संसदीय निर्वाचनमा र एक स्थानीय निर्वाचनमा सक्रिय रुपमा भाग लिएका यहाँका पीडित परिवारहरुले अहिले सम्म आफना माग पुरा नभएको भन्दै स्मारक निर्माणको मुद्धालाई जोडतोडका साथ उठाएका छन । बरगद्दी घटनाका पीडित परिवारहरुले नेताहरुले पटक पटक आश्वासन मात्रै दिने तर पुरा नगर्ने गरेको भन्दै यस पटक बचन पुरा गर्नेलाई मात्रै भोट दिने वताए । उनीहरुले ६४ सालको निर्वाचन देखि आफुहरुलाई नेताले भ्रममा मात्रै पारेको भन्दै अव भ्रममा नपर्ने वताएका छन ।

स्थानीय भुमी चौधरीले राज्यले राहात दिए पनि मन शान्त नपारेको भन्दै यस पटक घटना स्थलमा मारिएकाहरुको स्मारक बनाइदिने र पीडा कम गराउने बातावरण सिर्जना गर्ने पार्टी र उम्मेदवारलाई भोट हाल्ने वताइन । उनले चुनावी नारा बनाउने र झुक्याउनेलाई भोट नदिने समेत वताइन । विगतमा सबैले प्रतिबद्धता जनाए अहिले सम्म कसैले पुरा गरेनन् उनले भनिन हामीलाई आश्वासन हैन शान्ति चाहिएको छ । हाम्रो शान्ति मृतकहरुको स्मारक हो । त्यो पनि घटना घटेकै ठाउँमा । 

राहात दिएर शान्ति आउदैन । ‘हाम्रो पीडा उस्तै छ, चुनावको वेला मात्रै नेता गाउँमा आउँछन, न्याय दिन्छौ राहात दिन्छौ भोट दिनुहोस, गाउँको विकास गर्छौ भन्छन तर जितेर गए पछि फर्कदैनन , बरगद्दी पीडित विरमान चौधरीले भने , यस पटक भोट माग्न आउने नेतालाई पहिले बाँचा पुरा गर्नुहोस अनि मात्रै भोट दिन्छौ भनेर फर्काएका छौ ।

उनले भने अहिले हामीलाई पीडितको नाममा स्मारक चाहिएको छ । ‘न्याय, राहात, र विकासको कुरा सबैले गर्छन पुरा कसैले गर्दैन’ उनले भने , ‘२०६४ सालमा एउटालाई जितायौँ, ७०मा अर्काेलाई जिताऔँ आश्वासन मात्रै पायौँ । ७४ मा स्थानीय नेता चुनियो तर केहि पुरा भएन । ‘यस पटक पनि आश्वासन दिनेलाई हैन , विकास गर्ने र मन शान्न पार्न सक्नेलाई भोट दिन्छौ । १६ वर्ष सम्म पनि पीडा कम हुनैन नेताहरुबाट भने फेरी केका लागि भोट हाल्ले होर ? ’ उनले प्रश्न गरे । जिताउनलाई मात्रै भोट हाल्दैनौ हामीलाई राहात र विकास चाहिन्छ ।

पीडित गीता चौधरीले यस पटक नेताहरुले बाँचा पुरा गरेमात्रै भोट हाल्न जाने बताइन । भोट गाउँले सबैको सल्लाहले मात्रै हाल्छु नत्र भोट हाल्दैनौ , जसले विकास, राहात न्याय र स्मारक बनाउँछ उतै हाम्रो भोट जान्छ । ‘भोट माग्न त सबै दल आएका छन हामीलाई भोट दिनुहोस् भन्छन,’ उनले भनिन ,‘हामीलाई आश्वासन हैन अनुभुति गराउनुहोस् भोट दिन्छौ भनेका छौ ।’

‘मेरो श्रीमान खेतमा काम गर्दा गर्दै मारिनु भयो ’ उनले भनिन् ‘सरकारले राहात दिन्छौ भने पनि अहिले सम्म आधा मात्रै दिएको छ ।’ स्थानीय शान्ती चौधररीले पीडितहरु ऐलानीमा कष्टकर रुपमा बसिरहेको भन्दै जग्गाको लालपुर्जा दिन सक्ने नेतालाई भोट दिन सकिने बताइन । यहि अवस्थामा त भोट कसैलाई दिदैनौ, उनले भनिन्, विश्वास दिलाएर बसेको जमिनको लालपुर्जा दिनेलाई र स्मारक बनाइदिनेलाई भोट दिन्छौ । उनले पहिलेका चुनावहरु जस्तो आफुहरुलाई उत्साह नभएको समेत वताइन । यो उत्साह हामीलाई छैन, उनले भनिन ,‘जव सम्म पीडा मेटिदैन तव सम्म यस्ता निर्वाचनले उत्साह ल्याउदैन् ।

यो क्षेत्र दाङको २ नं निर्वाचन क्षेत्र अन्तरगत पर्दछ । जसमा २०६४ सालमा माओवादी नेता कृष्णबहादुर महरा र २०७० को निर्वाचनमा काँग्रेसका राजु खनाल निर्वाचित भएका थिए । अहिले यी दुवै प्रतिनिधि सभाका लागि चुनावी मैदानमा छन । २०७४ को स्थानीय निर्वाचनका एमालेका नरुलाल चौधरीले घोराही उपमहानगरपालिकाको मेयर जितेका छन ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार