• निर्वाचन समाचार
advertisement

ज्यामिरेमा पुगेनन् उम्मेदवार

लक्ष्मण पोखरेल | बुधबार, २० मङि्सर २०७४

प्रदेश ५ रुपन्देही


ज्यामिरेका स्थानीयहरु गाई बाख्रा चराउन निस्किदै ।तस्बिरः अन्नपूर्ण फाइल

बुटवल : बस्ती सार्दिनुपर्ने माग तेस्र्याएको बुटवलको विकट ज्यामिरे गाउमा यो चुनावमा कुनै उम्मेद्वार नै पुगेनन् । स्थानीय तहको निर्वाचनमा मत माग्न पुगेका वडासदस्यका उम्मेदवारलाई बस्ती सारिदिन ज्यामिरेबासीले आग्रह गरेका थिए । तर अहिले कुनै उम्मेद्वार नै ज्यामिरेबासीका पीडा सुन्न र हेर्न पुगेनन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एउटा क्षेत्रबाट एउटा पार्टीका तीन तीन जना उम्मेदवार छन् । १८ मत रहेको ज्यामिरेलाई कसैले चासै दिएनन् । तै पनि ज्यामिरेबासी मतदान गर्नका लागि बिहानभर हिड्र मतदान केन्द्र नयागाउ आउने तयारीमा छन् ।

‘भोट त राख्नुपर्यो नि, माग्नै नआए पनि हामीले दिन्छौं, ज्यामिरेका समर गाहाले अन्नपूर्णसंग टेलिफोनमा भने । ज्यामिरेबासीले बस्ती सारिदेउ भनेर गुहार माग्न थालेको दुई तीन वर्ष नै भइसक्यो तर कसैले नसुनेको उनले बताए ।

नयाँगाउँ उच्च माविमा मतदान केन्द्रमा मत हाल्न पुग्न ज्यामिरेबाट कम्तिमा तीन घण्टा हिड्नैपर्छ । तीन घण्टाको पैदल र १० मिनेटको बस यात्रापछि बल्ल मतदान केन्द्र पुगिन्छ ।बुटवल उपमहानगरपालिका वार्ड नम्बर १२ मा पर्ने ज्यामिरे चुरे पहाडको खोचमा छ । ०४० सालतिर खान नपुगेपछि पाल्पाको कोलडाडाबाट बसाई आएको ज्यामिरे वस्तीको जनसंख्या ५० पुगेको छ । मतदाता १८ जना मात्रै । झण्डै दुई महिनादेखि चुनावी प्रचारमा जुटेका दलहरु ज्यामिरेका मतदातासंग भोट माग्न पुगेनन् ।

ज्यामिरेबासीले एक महिना अघि बुटवल उपमहानगरपालिकामा बस्ती सारीपाऊ भनेर निवेदन दिएका छन् । ज्यामिरेबासी भोट हाल्ने दुःखबाट मात्रै होइन अनेकौ कष्टहरुबाट जेलिएका छन् । उपमहानगरका बासिन्दाले अहिलेसम्म बिजुलीको बत्ती देखेका छैनन् । न त विद्यालय, न त स्वास्थ्यचौकी । न त मोटर गुड्ने सडक ।

पूर्व पश्चिम राजमार्गको तामनगरदेखि तीन घण्टाको उकालो जंगलको बाटो हिडेपछि मात्रै ज्यामिरे पुगिन्छ । त्यहाँका ९ घरपरिवार खेती किसानी र दाउरा बेचेर गुजारा चलाउने गरेका छन् ।
गाउँमा विद्यालय छैन । वालवालिकाहरु घना जंगलको बाटो हुदै तामनगर झर्छन । कापी किताव राख्न तामनगरमै एउटा कोठा भाडामा लिएका छन् । किताव कोठामै थन्काएर विद्यार्थीहरु गाउँ उक्लिन्छन् ।

‘विद्यालय पनि वर्खा लागेपछि जान सकिदैन, केटाकेटी पठायो, खोलाले बगायो कि भन्ने सुर्ता हुन्छ, — गाहाले भने । पछिल्लो समय जंगलमा ज्यामिरेबासी लुटिन थालेपछि उनीहरु वस्ती सार्ने निर्णयमा पुगेका हुन् ।

खानेपानीको मुहान सुक्यो । खेतीले वर्षभरी खान पुग्दैन । छोरी चेलीहरु जंगलको बाटो हिड्नै नसक्ने भयो । पहिले वस्ती सार्न नमान्नेहरु पनि अहिले सार्ने निर्णयमा एकमत भएका छन् । चुनावमा उम्मेदवारसंग पनि वस्ती सारिदेउ भन्दैछन् ज्यामिरेबासीहरु ।७० वर्षिया ओम बहादुर घर्तीले भने —‘गाउँमा बस्दा सधै सुर्ता भइरह्यो । कहिल्यै शान्ति मिलेन । बाटो छेउको जुनसुकै स्थानमा सारे पनि जान तयार छौं ।’

उपमहानगरपालिकाबाट केही सुविधा नपाए पनि जग्गाको तिरु (कर) भने ज्यामिरेबासीलाई छुट छैन । ‘चार कट्टाको एक हजार तिरु तिर्नुपर्छ, गाहाले गुनासो गरे —‘पैसा लिए पछि के विकास दिनु, के बस्ती सार्दिनु त पर्छन नि ।’

खरले छाएका छानामा कतिपयले सोलार राखेका छन् । गाँउमै एउटा कुटानीपिसानीको मिल छ । त्यही पनि चल्दैन् । नुन, तेल, अन्नपात किन्न बुटवल झर्नुपर्छ । आपतकालिन औषधि उपचार गर्नुपरे पनि तीन घण्टाको जंगल यात्रा गर्न बाध्य छन् ज्यामिरेबासी ।

रातिमा कोही बिरामी भयो भने विहान पर्खिनुपर्ने बाध्यता रहेको धनिसरा गाहाले बताउनुभयो । ‘जंगलको बाटो रातिमा हिड्न सक्ने कुरा भएन, उनले भनिन ।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार