• निर्वाचन समाचार
advertisement

रोल्पामा मत गणना गर्न तारजाली र सिसी क्यामेरा जडान

खेम बुढामगर | बुधबार, २० मङि्सर २०७४

प्रदेश ५ रोल्पा


तस्बिर  शेरबहादुर थापाबाट

 रोल्पा : घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्या निर्वाचन अधिकृतको कार्यालय छ। रोल्पा जिल्लाका १ सय ६० मतदान केन्द्रका सबै मतपेटिका यहीं कार्यालय परिसरका पाँचवटा कोठामा राखिएका छन्।

चार दिनदेखि कार्यालयको हलमा कामको चटारो निकै रह्यो। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका निर्वाचन कर्मचारीलाई मतगणना स्थलमा तारजाली लगाउन र सिसी क्यामेरा जडान गर्न खटनपटनमा भ्याईनभ्याई थियो। ‘तारजाली लगाउने र सिसी क्यामेरा जडानको काम सकियो।', मुख्या निर्वाचन अधिकृतको कार्यालयमा कम्युटर अपरेटर रहेका हेमन्त खत्रीले भने।

काठको सिलिङ रहेको हलको आधा भागमा दलका उम्मेदवार र प्रतिनिधिले अवलोकन गर्न मिल्ने र मतगणना गर्ने भागकोबीचमा तारजाली लगाइएको छ। मतगणना दलका प्रतिनिधिले छुन नमिल्ने तर, हेर्न मिल्ने गरी तारजाली राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्थानीय तहको चुनावको मतगणनाको बेला भरतपुर चितवनमा मत च्याटिएपछि अदालतले दलीय प्रतिनिधिले छुन नमिल्ने गरी मतगणना गर्न आदेश गरेको थियो। 

मतगणना सुरक्षित बनाउने उद्देश्यले तारजाली लगाइएको जनाइएको छ। यहाँका दलहरु र उम्मेदवारको सहमतिमै तारजाली लगाइएको हो। विगतका सबैजसो चुनावको मतगणना स्थल नै घरेलुको हल बन्दै आएको छ। यहीं हलमा स्थानीय तहको मत गणनाका बेला भने तारजाली राखिएको थिएन्।

मत गणना हुने स्थलमा आठ वटा सिसी क्यामेरा समेत जडान गरिएको छ। दोस्रो चरणको निर्वाचन सकिने मंसिर २१ गते बेलुका पाँच बजेबाट मत गणना हुने गरी सबै तयारी गरिएको छ। प्रतिनिधि सभा, प्रदेश सभाका अलग अलग मत गणना हुने गरी व्यवस्थापन भइरहेको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए। मत गणना सिसी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिने छ।

१ लाख २७ हजार ६ सय २९ मतदाता रहेको यहाँ ७० हजार ७ सय ७६ मतदाताले मतदान गरेका छन्। मतपेटिकालाई मुसाबाट जोगाउने पासो ठापेर कोठामा राखिएका छन्। वाम गठबन्धनको तर्पmबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका सभापति एवं सिंचाई राज्यमन्त्री अमरसिंहबीच मुख्य प्रतिस्पर्धाको दावी गरिएको छ। दुवै प्रत्यसी उम्मेदवार सहित ९ जना प्रतिनिधि सभाका लागि उम्मेदवार छन्। प्रदेश सभाका लागि वाम गठबन्धनबाट निर्वाचन क्षेत्र क बाट कुलप्रसाद केसी र निर्वाचन क्षेत्र ख बाट दिपेन्द्र पुन छन्। त्यसैगरी नेपाली कांग्रेसबाट क्षेत्र क बाट शेरबहादुर महरा र ख बाट खगेन्द्रप्रकाश हमाल मुख्य प्रतिस्पर्धामा छन।

यहाँ राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी, संघीय समाजवादी फोरम, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका उम्मेदवार पनि प्रत्यसी छन्। सबै उम्मेदवार र उनीहरुका प्रतिनिधि तारजाली बाहिर बसेर मत गणना अवलोकन गर्ने भएका छन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार