• निर्वाचन समाचार
advertisement

उम्मेदवारको प्राथमिकतामा शिक्षक र आमा समूह

ललितबहादुर बुढा | बुधबार, २० मङि्सर २०७४

प्रदेश ६ सुर्खेत


सुर्खेतको सिम्ता गाउँपालिकास्थित राकममा मतदाता परिचयपत्र वितरण गर्दै कर्मचारी । तस्बिर : अन्नपूर्ण

सुर्खेत : निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले शिक्षक र आमा समूहलाई लक्ष्य गरेर वातावरण आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । मौन अवधिका कारण सोमबार रातिबाट निर्वाचन प्रचार र खुला रूपमा भेला गर्न नपाएपछि उम्मेदवारले शिक्षक र आमा समूहलाई मुख्य टार्गेट बनाएका हुन् । यतिबेला दलका नेता, कार्यकर्ता एवं उम्मेदवार स्थानीय शिक्षक र आमा समूहका अगुवालाई भित्रभित्रै रिझाउन व्यस्त छन् ।

शिक्षक र आमा समूहलाई रिझाउन सके आफ्नो पक्षमा मत खस्ने आकलन उम्मेदवार र दलको छ । अधिकांश गाउँमा स्थानीय शिक्षक र आमा समूहले मतदातालाई होल्ड गरेकाले उनीहरूमाथि नजर परेको दलको भनाइ छ । गाउँमा शिक्षक र आमा समूहको नेतृत्वले भनेको मतदाताले सहज रूपमा स्वीकार गर्ने भएकाले पनि उम्मेदवारको टार्गेटमा उनीहरू परेका हुन् ।

खुला प्रचार र सभा गर्न नपाएपछि जिल्लाका सबै उम्मेदवार र दलका नेता मंगलबार दिनभर आन्तरिक भेटघाटमा व्यस्त रहे । यो अवधिमा उम्मेदवारले आफू निकटका शिक्षकलाई टोल र घरदैलोमा परिचालन गर्ने प्रयास गरेका छन् । यस्तै, गाउँका आमा समूहका अगुवालाई भेट्दै उम्मेदवारले आफ्नो पक्षमा वातावरण बनाउने प्रयास जारी राखेका छन् ।

स्थानीय महिलाले गाउँमा खानेपानी र सडक कालोपत्रे गरिदिने उम्मेदवारलाई मत दिने निर्णय गरेका छन् ।

‘गाउँमा शिक्षकको प्रभाव बढी हुन्छ, उम्मेदवारलाई भन्दा स्थानीय शिक्षकलाई जनताले विश्वास गर्छन्’, एमाले सुर्खेतका नेता कवीन्द्रकुमार केसी भन्छन्, ‘शिक्षकको आग्रह अधिकांशले मान्छन् । शिक्षकले गाउँका मतदाता होल्ड गरेका हुन्छन् । त्यसकारण पनि उम्मेदवारको नजर शिक्षकमाथि परेको हुन सक्छ ।’ शिक्षक र आमा समूहलाई मात्र रिझाउन सकेमा कम्तीमा पाँच प्रतिशत मत तान्न सकिने केसीको भनाइ छ ।’

शिक्षक र आमा समूहका अगुवा गाउँका नेता भएकाले सबैको ध्यान त्यसतर्फ गएको हो । दलहरूले मौन अवधिमा गाउँका शिक्षकलाई आफ्नो पक्षमा पार्न आन्तरिक रूपमा खटाएका छन् । अर्कोतर्फ आमा समूहका अगुवा पनि उम्मेदवारको पक्षमा सक्रिय छन् । वीरेन्द्रनगर-१३ मा रहेको फूलबारी आमा समूहका पदाधिकारीलाई भेट्न मुख्य दलका कार्यकर्ता पटक-पटक पुगे । आफ्नो उम्मेदवारको पक्षमा मत दिन आग्रह गर्दै पुगेका दल र तिनका कार्यकर्ताले आमा समूहलाई विभिन्न आश्वासन पनि दिएको बुझिएको छ ।

आमा समूहका अगुवा रत्नकली सारुले भनिन्, ‘पहिले कसैले पनि वास्ता गरेनन् । अहिले चुनाव आएपछि नेताहरूको लर्को लागेको छ । सबैले भोट दिनुपर्‍यो भनिरहेका छन् । हामी समूहमा धेरै महिला भएकाले पनि धेरैको आँखा परेको हुन सक्छ ।’ स्थानीय महिलाले गाउँमा खानेपानी र सडक कालोपत्रे गरिदिने उम्मेदवारलाई मत दिने निर्णय गरेका छन् । 

जिल्लाका सबै दल र उम्मेदवारले मतदातालाई आआफ्नो पक्षमा पार्ने प्रयास छाडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिकामा रहेको सिर्जनशील आमा समूहका अगुवालाई मंगलबार दिनभर भ्याइनभ्याई भयो । उम्मेदवारका स्थानीय प्रतिनिधिले मत आफ्नो पक्षमा पार्न निकै कसरत गरे ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेत्री हरिमाया शर्मा भन्छिन्, ‘गाउँमा बलियो संगठन भनेकै आमा समूह र महिला समूह हुन् । महिला अगुवा भएको स्थानमा महिला मतदाता प्रभावित हुन सक्छन् । यही कारण पनि उम्मेदवारको नजर यतातर्फ परेको हो । तर, अहिलेको अवस्थामा कसैले भन्दैमा समूहका सबै महिलाले मत दिन्छन् भन्ने छैन ।’ गाउँका शिक्षक, आमा समूह, मुखिया र धामीको भनाइ मतदाताले सहज रूपमा स्वीकार गर्ने भएकाले उम्मेदवार र दलहरू उनीहरूमाथि केन्द्रित भएको उनको भनाइ छ ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार क्षेत्र रहेको सुर्खेतमा उम्मेदवार र तिनका समर्थकले आन्तरिक रूपमा भेटघाट जारी राखेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका पुरुष रोजगारीका लागि बाहिर भएका कारण यसपालि महिला मतदाताको संख्या बढी छ । महिलाको मत तान्न उम्मेदवारले आमा समूहमाथि नजर लगाएका छन् । जिल्लामा अहिले पनि दलका स्थानीय कमिटी शिक्षकले नै धानेका छन् ।

आमा समूहका अगुवा पनि दलका स्थानीय कमिटीमा आबद्ध छन् । गाउँ र टोलमा दुःखसुखमा स्थानीय शिक्षक र आमा समूहले साथ दिने गरेका छन् । यसकारण पनि उनीहरूको आग्रहलाई मतदाताले अस्वीकार गर्ने अवस्था छैन । यही मनोभावना बुझेका यहाँका उम्मेदवार र दलका कार्यकर्ता मौन अवधिको समयमा शिक्षक र आमा समूहका अगुवालाई प्रभावित बनाएर मत तान्ने रणनीतिमा जुटेका छन् ।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार