• निर्वाचन समाचार
advertisement

‘रक्सी र मासुमा भोट साट्ने दिन गए’

राजकरण महतो | बुधबार, २० मङि्सर २०७४

प्रदेश २ महोत्तरी


एकीकृत नमुना मुसरह बस्तीका मतदाता । अन्नपूर्ण

बर्दिबास : निर्वाचनमा कसरी मतदान कसरी गर्नुहुन्छ भनेर सोध्दा बर्दिबासका बिल्टु सदा (मुसहर)ले अनुभव पो सुनाउन थाले । ‘मलाई लाग्छ, २०६४ सालको संविधानसभा निर्वाचन थियो’, उनले भने, ‘हाम्रो बस्तीमा दिनपिच्छे रक्सी र मासुको भोज चलेको थियो ।’

उनका अनुसार उम्मेदवारहरूले पहिला बस्तीका मइन्जन अर्थात् अगुवालाई हातमा लिए । गाउँको भोट खरिद गर्न समुदायका अगुवालाई खर्च दिए नेताहरूले । मतदानको दिन उम्मेदवारले आफ्ना मान्छे बस्ती पठाए । बस्तीका ५९ मतदातालाई समुदायका अगुवा लगाएर रक्सीको नसामै भोट खसाल्न मतदान केन्द्र लगे । रक्सीले लठ्ठिएका कतिले त भोटै खसाल्न सकेनन् ।

‘उम्मेदवारले सबै गाउँलेलाई रक्सीसहितको भोज खुवाएर मुठीमा लिए’, उनले भने, ‘भोट खसेन भने पनि यहाँ नेताहरू खुसी हुन्थे । किनभने, भोट कम खसे भने अरू हार्ने सम्भावना हुन्छ ।’

एकीकृत नमुना मुसहर बस्तीका अध्यक्षसमेत रहेका बिल्टुले यसरी १० वर्षअघिको वृत्तान्त सुनाए । उनी आफ्नो समुदायको विगत सम्झिएर गम्भीर बने । ‘रक्सी र मासुमा भोट साटेकाले हामी पछाडि पर्‍यौं’, उनले भने, ‘हामी अब सचेत भइसक्यौं । भोट किन्ने र बिक्री हुने दिन गइसक्यो । अब हामीलाई सहयोग गर्नेलाई भोट दिन्छौं ।’

यहाँका मुसहर धुर्मुस-सुन्तलीको प्रेरणाबाट सचेत बन्दै थालेका हुन् । उनीहरूले बर्दिबासका मुसहरका लागि एकीकृत नमुना बस्ती बनाइदिएका छन् । ‘अब रक्सी र मासुमा मुसहरको भोट साटिँदैन, सचेत भइसक्यौं । धुर्मुस र सुन्तलीले हामीलाई संस्कार र व्यवहार सिकाइसक्नुभयो’, उनले भने, ‘अब हामीलाई केही चाहिँदैन । दुःख परेका बेला हामी नेतालाई फोन गर्छौं । हाम्रो फोन उठाइदिने र सहयोग गर्नेलाई भोट हाल्छौं ।’नागरिकता नभएकालाई नागरिकता, बेरोजगारलाई रोजगारी दिने उम्मेदवार रोजाइमा रहेको झगरू सदाले बताए ।

विगतमा निर्वाचनका बेला भोज चल्ने मुसहर बस्तीमा यसपटक भने त्यस्तो देखिएको छैन । बरू मतदाता कसलाई भोट दिने भनेर निर्णय लिइरहेका छन् । ‘हामी गरिबका सन्तानले पनि पढेर डाक्टर, इन्जिनियर, प्रहरी, शिक्षक बन्ने सपना राखेका छन्’, बस्तीका अगुवा मञ्जय सादाले भने, ‘त्योचाहिँ नेताहरूले पूरा गरिदिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार