• निर्वाचन समाचार
advertisement

‘सीमा व्यवस्थित हुनुपर्‍यो'

विष्णुप्रसाद देवकोटा | बुधबार, २० मङि्सर २०७४

प्रदेश ७ कंचनपुर


कञ्चनपुरको पुनर्वास नगरपालिका-४ आनन्द बजार क्षेत्रमा चुनावी कुराकानी गर्दै स्थानीय। तस्बिर : विष्णुप्रसाद देवकोटा

महेन्द्रनगर : भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वास ४ आनन्द बजार (हाल गोविन्द बजार)का गोविन्द गौतमको फागुन २६ गते हत्या भयो। घटनादेखि सीमा क्षेत्रमा रोकिएको आवागमन अझै सुचारु हुन सकेको छैन। घटनास्थलको पारिपट्टि भारतीय सीमा सुरक्षा बल एसएसबीले क्याम्प राखेर बसेको छ। नेपालतर्फ सीमा सुरक्षा बल एपीएफको क्याम्प छ। घटना भएको स्थानबाट सर्वसाधारणले आवतजावत गर्न पाएका छैनन्।

घटनापछि पुनर्वास क्षेत्रको सीमा समस्या समाधान गरिदिन त्यस क्षेत्रका बासिन्दाले माग राख्दै आएका छन्। तर, समस्या समाधान हुन सकेको छैन। देशैभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आइरहेका बेला राजनीतिक दलले समेत भोट माग्ने काम गरिरहेका छन्। हरेक क्षेत्रका नागरिकले विकासको माग गर्दै आउने गरेका छन्। तर, कञ्चनपुर पुनर्वासका मतदाताले विकास मात्र नभई सीमा व्यवस्थित बनाउनुपर्ने प्रमुख माग अघि सारेका छन्। उनीहरूले भोट माग्न आउने उम्मेदवारसमक्ष त्यस क्षेत्रको सीमा व्यवस्थित बनाउनुपर्ने माग राख्दै आएका छन्।

‘विकास निर्माणका कामसँगै हाम्रो ठाउँको सीमा समस्या समाधान हुनुपर्छ भन्ने माग हो', पुनर्वास नगरपालिका-४ का सुरतबहादुर मल्लले भने, ‘फागुन २६ को घटनापछि अहिलेसम्म सीमा व्यवस्थित बनाउन पहल भएको छैन।' उनले भारतसँग सीमा जोडिएको पुनर्वास क्षेत्रको सीमा व्यवस्थित गर्नेलाई भोट दिने बताए। ‘अहिले भोट माग्ने नेताहरू घरदैलोमा पुगिरहेका छन्', उनले भने, ‘हामीले उनीहरूलाई सीमा व्यवस्थित गर्ने प्रतिबद्धता गर्नुस् भनिरहेका छौं।'

सीमामा बसेर देशको रक्षा गरे पनि राज्यले विभेद गरेको स्थानीको गुनासो छ। ‘हामी सीमामा बसेकाले भारतले हाम्रो भूमि मिच्न नसकेको हो', पुनर्वास-४ का ७५ वर्षीय झुप्रे शाहीले भने, ‘हामीले सीमा रक्षकको काम गरेर बसे पनि राज्यले दायित्व पूरा गर्न सकेन।' पुनर्वास क्षेत्रमा रहेको सुकुम्बासी समस्या समाधान अर्को टड्कारो समस्या हो। ‘एक सीमामा समस्या छ, अर्को हामी अहिलेसम्म लालपुर्जा नभएर बसिरहेका छौं', ३९ वर्षीय राजकुमार श्रेष्ठले भने, ‘सधैँ नेताका आश्वासन सुनेरै बस्नुपरेको छ। अब आश्वासन मात्रै दिने र काम नगर्नेलाई भोट दिने छैनौं।'

उम्मेदवारका विकासे एजेन्डा र क्षमता हेरेर मात्रै भोट हाल्ने स्थानीयको भनाइ छ। ‘फागुन २६ मा गोविन्द गौतम मारिएपछि सबैको ध्यान तानियो तर त्यसपछि केही पहल भएन', स्थानीय मेनुका अधिकारीले भनिन्, ‘सीमा व्यवस्थित नबनाइएकाले पटक-पटक दुःख पाउनुपरेको छ। अब भने दुवै देशका अधिकारीले सीमालाई व्यवस्थित बनाउने काम गर्नुपर्छ।'

घटना अघिदेखि नै धेरैले सीमा व्यवस्थित र लालपुर्जाको विषय समाधान गर्न माग गर्दै आएका छन्। पुनर्वास-४ का जयबहादुर शाहीले भने, ‘चुनावका बेला नेताका गुलिया आश्वासन पाइने र जितेर गएपछि फर्की नआउने प्रवृत्तिले जनताले दुःख पाइरहेका छन्।' कञ्चनपुरको पुनर्वास क्षेत्रमा अधिकांश बस्तीका नागरिकले लालपुर्जा पाएका छैनन्। लालपुर्जा भएकाले पनि सीमामा खेती गर्न पाइरहेका छैनन्। कञ्चनपुरको बीचफाँटा, आनन्दबजारलगायत अधिकांश सीमासँग जोडिएका गाउँका मानिसले लालपुर्जा पाएका छैनन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार