• निर्वाचन समाचार
advertisement

मतगणना व्यवस्थित गर्न सीसी क्यामेरा र तार जाली

सुन्दरसिंह धामी | बुधबार, २० मङि्सर २०७४

प्रदेश ७ दार्चुला


दार्चुला : २१ गते बेलुकीबाट सुरु हुने मतगणनाको तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तयारीमा जुटेको छ। मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युत्को व्यवस्था गर्ने काम गरिएको सहायक निर्वाचन अधिकृत शेरबहादुर विष्टले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयनजिकै रहेको कर्मचारी आवासगृहका दुई कोठामा गरिने मतगणना कार्यलाई व्यवस्थित बनाइने उनले बताए।

मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा २ जना अधिकृतले मतगणना गर्नेछन्। दुई कोठामा १ जना मतगणना अधिकृत, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटरसहित अन्य ३ जना कर्मचारी र एक जना कार्यालय सहयोगी मतगणनास्थलमा रहनेछन्। राजनीतिक दलका तर्फबाट प्रत्येक उम्मेदवारको एक÷एक जना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश दिइनेछ। मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई रात दिन जारी राख्नेछन् भने राजनीतिक दलका प्रतिनिधिलाई पनि सिफ्ट परिवर्तनका लागि छुट दिइनेछ।

मतगणनास्थलमा निरन्तर विद्युत् आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर दुई दुई लाइन जडान गरिएको छ। दार्चुला सदरमुकामको आधा भागमा भारतबाट आयात गरिएको विद्युत् एवं आधा भागमा स्थानीय लास्कुखोलाबाट उत्पादित विद्युत् आपूर्ति गरिएको छ। मतगणनास्थलमा दुवै लाइन राखिएको सहायक निर्वाचन अधिकृत तथा जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार शेरबहादुर विष्टले जानकारी दिएको छ।

सीसी क्यामेराबाट मतगणना कार्यको मुख्य निर्वाचन अधिकृतले निरन्तर निगरानी राख्ने सहायक निर्वाचन अधिकृत विष्टले बताए। मगतणनास्थलमा क्यामेरा, मोबाइलजस्ता साधनलाई प्रतिबन्धित गरिएको छ भने पत्रकारको सहजताका लागि पत्रकार महासंघसित सहकार्य गरेर रिपोर्टिङ गर्न सकिने व्यवस्था मिलाइने उनको भनाइ छ। सूचना कक्ष स्थापना गरिने, मतगणनाको परिणामलाई सहज रूपमा सार्वजनिक गर्न मतगणनास्थलमा सूचनाकक्ष स्थापना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जिल्ला निर्वाचन कार्यालयको सहयोगमा एक जना कर्मचारीलाई मतगणनास्थलबाट प्राप्त नतिजालाई सार्वजनिक सञ्चारमाध्यम तथा आमनागरिकसम्म पु‍र्‍याउने जिम्मेवारी दिइनेछ। सूचनाका लागि जिल्ला निर्वाचन कार्यालयको फोनको लाइन र वाइफाइ जोडेर सहयोग गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत आनसिंह डागाले जानकारी गराए। सुरक्षा चुनौती सामान्य मतगणना हुने वेला खासै अप्ठ्यारो पर्ने गरी जिल्लामा सुरक्षा चुनौती नरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी जनबहादुर शाहीले जानकारी दिए।

मतगणनास्थलमा सीसी क्यामेरा राखिएको, तार जाली राखिएका, मतगणना हुने स्थलको कम्पाउन्ड बलियो रहेको र राजनीति नेतृत्व पनि सुझबुझपूर्ण रहेकाले मतगणनामा खासै समस्या नआउने भए पनि मतगणना स्थलको सुरक्षाका लागि सशस्त्र प्रहरी बलसँग मिलेर सुरक्षालाई मजबुत बनाइने डीएसपी शाहीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार