• निर्वाचन समाचार
advertisement

महिला मैत्री नमुना मतदान केन्द्र

भरत खड्का | बुधबार, २० मङि्सर २०७४

प्रदेश १ उदयपुर


गाईघाट : उदयपुरको एउटा मतदान केन्द्र नमुनाको रुपमा महिला कर्मचारीबाट सञ्चालन गरिने भएको छ । त्रियुगा नगरपालिका वडा नं. ११ बालमन्दिर उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र महिलाले मात्र सञ्चालन गर्न लागेका हुन्। 

मतदान केन्द्रमा ८ जना महिला कर्मचारी छन्। त्यति मात्र नभई सुरक्षाकर्मीसमेत महिला नै रहेको मतदान अधिकृत निर्मला कार्कीले जानकारी दिइन। ‘आफ्नो नेतृत्वमा अहिलेसम्म ४ वटा मतदान गराए पनि स्थानीय निर्वाचन २०७४ र अहिलेको निर्वाचनमा महिला मैत्री मतदान केन्द्रको जिम्मा लिएकी छु, कुशलतापूर्वक सम्पन्न गर्नेछु।’

उनले सबै कर्मचारी उर्जाशिल भएकाले सजिलै मतदान सम्पन्न हुने विश्वास व्यक्त गरिन् । मतदान केन्द्रमा सुरक्षार्थ खटिएकी सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक उमा गुरुङ्गले जनतालाई सुरक्षा दिने विषयमा जति पुरुषले सुरक्षा दिन सक्छ त्यतिनै महिलाले पनि दिन सक्ने बताइन्। 

एसएलसीको परीक्षामा महिला मैत्री केन्द्रमा सुरक्षा दिँदाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘सुरक्षा सतर्कताको बारेमा सचेत छौ, नागरिकको सुरक्षमा सम्वेदनशील भएर निर्वाचन सफल बनाउन प्रतिवद्ध छौं।’

यो मतदानस्थलमा ४ वटा मतदान केन्द्र छन्। सबै मतदान केन्द्रको सुरक्षाकर्मी महिला छन् । मतदान केन्द्र (ख) भने मतदान केन्द्र महिला मैत्री रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकार अर्जुन खड्काले जानकारी दिए। मतदान केन्द्र (ख) मा १ हजार ६३ जना मतदाता छन्। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार