• निर्वाचन समाचार
advertisement

पत्रकार र उम्मेदवारबीच घम्साघम्सी !

ईश्वरकाजी खाइजू | बुधबार, २० मङि्सर २०७४

प्रदेश ३ भक्तपुर


भक्तपुर : एमाले समर्थित पत्रकार र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा उम्मेदवारबीच बुधबार घम्साघम्सी भएको छ। आफ्नो प्रदेश क्षेत्रमा परेका मतदान केन्द्रको अवलोकन गर्न गएका नेमकिपाका उम्मेदवार निरज लवजू र एमाले समर्थित पत्रकारबीच चाँगुनारायण नगरपालिका ८ सुडालको रातोपाटीमा हात हालाहालको स्थिति भएको हो।

भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क का नेमकिपा उम्मेदवार लवजूले आफू मतदान केन्द्रको निरीक्षणमा जाँदा एमाले समर्थित पत्रकारले ‘मौन अवधिमा किन चुनाव प्रचारप्रसारमा आएको’ भन्दै हातपात गर्न खोजेको आरोप लगाए।

‘म सुडालस्थित मतदान केन्द्रको निरीक्षण गर्न जाँदै थिएँ, एमाले समर्थित पत्रकार जयराम बाँस्तोला र हेमराज ढकालले मौन अवधिमा पनि किन चुनाव प्रचारप्रसार गर्न आएको भन्दै धम्कीपूर्ण भाषा बोल्दै हातपात गर्न खोजे’, उनले भने, ‘म आफ्नो क्षेत्रका मतदान केन्द्रको निरीक्षण गर्न आएको उम्मेदवार हुँ भनेपछि मात्रै पछि हटे।’

उम्मेदवार लवजूले आफूले शिष्टतापूर्वक कुराकानी गर्दा पनि उनीहरुले एमालेको प्रवक्ता जसरी आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाए। ‘उनीहरुले मलाई ठाडै मौन अवधिमा किन प्रचारप्रसार गर्न आएको भन्दै एमालेका कार्यकर्ता जसरी व्यवहार गरे’, उनले भने, ‘पत्रकार भएका भए निष्पक्षतापूर्वक प्रश्न गर्नुपथ्र्यो तर उनीहरुको धम्कीको भाषामा मौन अवधिमा किन आएको भनी प्रश्न गरे। ममाथि घम्साघम्सी गर्दै हात हाल्नसमेत खोजे।’

यता पत्रकारद्वय बाँस्तोला र ढकालले मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न आएकाले रोक्न खोजेको स्पष्टीकरण दिएका छन्। ‘मौन अवधिमा उम्मेदवार यसरी मतदाताहरुको घरघर चहार्न मिल्छ ?’, उनीहरुले एकै स्वरमा भने, ‘उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्नुपर्दैन ?’

उनीहरुले चुनाव प्रचारप्रसार गर्न आएका उम्मेदवार लवजूलाई एमालेका कार्यकर्ताहरुले रोकेको पनि बताए। पत्रकारद्वय बाँस्तोला र ढकाल एमाले समर्थित प्रेस चौतारीसँग आवद्ध छन्। ढकाल नेपाल पत्रकार महासंघ भक्तपुरका कार्य समिति सदस्यसमेत हुन्।

बाँस्तोला भक्तपुरबाट इमेज च्यानलको लागि र ढकालले रातोपाटी अनलाइनका संवाददाता हुन्। करिब एक घन्टा पत्रकार र उम्मेदवारबीच घम्साघम्सी भएपछि सुरक्षाकर्मी पुगेपछि स्थिति साम्य भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

उनले नेमकिपाका उम्मेदवार मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न आएको भन्दै सुडालस्थित रातोपाटीमा सामान्य विवाद भएको जानकारी आएपछि सुरक्षाकर्मी पुगेको र स्थिति सामान्य भएको बताए।

‘मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन तर त्यसो भन्दैमा उम्मेदवार घरभित्रै चुप लागेर बस्ने भन्ने होइन’, प्रजिअ पोखरेलले भने, ‘उम्मेदवार लवजूले निर्वाचन आचारसंहिता उल्लंघन गरे भन्ने आरोप हो तर पुष्टि भएको छैन।’

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार