• निर्वाचन समाचार
advertisement

दाङमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप

गोपाल शर्मा | बुधबार, २० मङि्सर २०७४

प्रदेश ५ दाङ


फाइल तस्बिर

दाङ : मौन अवधीमा बुधबार साँझ वाम कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच दाङमा झडप भएको छ। तुलसीपुर उपमहानगरपालिका १ भमके मिलन चौकका झडप हुँदा दुई गम्भीर घाइते भएका छन्।  

वाम गठबन्धनका कार्यकर्ता र कांग्रेस कार्यकर्ताले मतदातालाई पैसा बाँडेको आरोप प्रत्यारोप गर्दै झडपमा उत्रिएको स्थानीयले बताएका छन्। 

तीन गाडी सहित गाउँमा प्रवेश गर्न थालेका वाम गठबन्धनका कार्यकर्तालाई मोटरसाइकलमा रहेका कांग्रेस कार्यकर्ताले रोख्न खोज्दा झडप भएको कांग्रेसका एक नेताले बताए।  मौन अवधिमा तीन गाडी गाउँतिर जान खोज्दा पैसा बाँडन जान लागेको शंकामा कांग्रेस कार्गकर्ताले गाडी रोक्ने प्रयास गरेको र वामका कार्यकर्ता जाइलागेको कांग्रेसले बताएको छ। 

झडपमा केही मोटर साइकलमा पनि तोडफोड गरिएको छ। भडपको अवस्थालाई प्रहरीले साम्य पारे पनि विस्तृत विवरण भने आउन सकेको छैन। घाइतेको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ। उता प्रहरीले भने घटना केही नभएको र सामान्य भएको भन्दै घटना लुकाउने प्रयास गरेको छ। प्रहरी प्रमुख दुर्गा सिंहले झडपमा कुनै पनि घाइते नभएको बताइन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार