• निर्वाचन समाचार
advertisement

आचारसंहिता मिचेर माइकिङ

बिहिबार, ०७ मङि्सर २०७४

प्रदेश ४ कास्की


माइकिङ र भड्किलो प्रचार शैलीबारे पोखराका निर्वाचन अधिकारी गंगाला सुवेदीसमक्ष गुनासो गर्दै नागरिक समाज कास्कीका प्रतिनिधि । तस्बिर: कृष्णमणि

 पोखरा: गाडीको हर्न पनि निषेध गरिएको पोखरा महानगरपालिकामा आजभोलि उम्मेदवारहरूले चुनावी प्रचारका क्रममा गर्ने माइकिङका कारण ध्वनि प्रदूषण बढेको छ।

दलहरूले चर्को ध्वनि प्रदूषण गर्दै प्रचारप्रसार गरेको सूचना आए पनि हेर्न जाँदा त्यस्तो केही नभेटिने गैरजिम्वेवार उत्तर दिन्छन्, कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी। भन्छन्, ‘आमसभामा माइकिङ भइरहेको सूचना आउँछ तर गएर हेर्दा त्यस्तो केही हुँदैन।'

निर्वाचन आचारसंहितामा ‘आमसभास्थल र समयबाहेक अन्य स्थलमा र समयमा माइक तथा चर्को ध्वनि उत्पन्न गर्ने यन्त्र प्रयोग गर्न नहुने' भनिएको छ।
झन्डा, पोस्टर तथा पम्प्लेटबारे आचारसंहिता बोले पनि सम्पर्क कार्यालयमा राखिने साइनबोर्डहरूबारे संहिता मौन छ। यही छिद्रबाट उम्मेदवारले घरै ढाक्नेगरी साइनबोर्ड राखेर सम्पर्क कार्यालयमा टाँसेका छन्। मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय जाँदा नै कांग्रेस र एमालेका केही कार्यकर्ताले चुनाव चिह्नअंकित टोपी लगाएका थिए । अघिल्ला निर्वाचनहरूमा टोपी र टिसर्टमा निर्वाचन चिह्न अत्यधिक प्रयोग भएपछि आयोगले यो पटक आचारसंहितामा त्यस्तो प्रयोग निरुत्साहित गरेको छ ।

पोखरा ७ मा एमालेले खोलेको प्रचार कार्यालयछेउमा टाँगिएको तोरन तथा ब्यानर निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भेषराज पौडेलको मौखिम चेतावनीमा हटाइएको थियो। अहिले पोखरा २८ मा कांग्रेसले पनि त्यसरी नै तोरन टाँगेर प्रचार गरिरहेको छ। ‘त्यो पनि हटाउन सचेत गराउँदैछु', पौडेलले भने ।

नागरिक समाज कास्कीले उम्मेदवारहरूका रेडियो प्रचार सामग्री र भाषण जिपबाट माइकिङ गर्दै हल्लाखल्ला मच्याएको उजुरी गरेको छ। त्यसबारे सिधै उम्मेदवारहरू र पार्टीका ‘फोकल पर्सन'मार्फत सचेत गराइएको पौडेलले जानकारी दिए।

कास्की १ को प्रदेशसभा ‘क' का उम्मेदवार जीवन परियारले रंगीन पुस्तिका छापेर बाँडेको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा परेपछि उनलाई लिखित रूपमै पत्राचार गरी कार्यालयले सजग गराएको छ ।
कांग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराई अन्य दलले माइकिङ गरे भन्दै आफ्नै पार्टीभित्र दबाब बढेको बताउँछन्। निर्वाचन अधिकृतको कार्यालयसँगको समन्वयनका लागि एमालेबाट फोकलपर्सन तोकिएका युवराज पौडेल माइकिङ घट्दै गएको जिकिर गर्छन्। भन्छन्, ‘हामीले धेरै कम गरिसक्यौं, निर्वाचन आयोगले अझ राम्ररी हेर्नुपर्छ।'

नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल माइकिङ र बाजागाजासहित उम्मेदवार हिँड्दा चुनाव निकै भड्किलो भएकोबारे आयोगको ध्यानाकर्षण गराएको बताउँछन्।

तर जिल्ला मुख्य निर्वाचन अधिकृत अधिकारी हाल माइकिङ कम हुँदै गएको बताउँछन्। ‘मुख्य त आफैं आचारसंहिता पालनामा सजग हुनु राम्रो हो', उनले भने, ‘त्यस्तो संस्कार विस्तार वृद्धि भइरहेको छ।'

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार