• निर्वाचन समाचार
advertisement

‘अब संविधान कार्यान्वयन भयो'

तोयानाथ भट्टराई | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश १ ईलाम


एमालेका बरिष्ठ नेता झलनाथ खनाल मतदान गर्दै। तस्बिर: तोयानाथ भट्टरार्इ

इलामः दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पुगेका नेताहरुले संविधान पूर्णरुपमा कार्यान्वयनमा गएको बताएका छन्। 

मतदान गर्न सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका एमालेका बरिष्ठ नेता झलनाथ खनालले देश संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको भन्दै आजकै दिनबाट संविधान कार्यान्वयनमा गएको बताए। उनले भने “संविधान दह्रो रुपमा कार्यान्वयन भयो ।”

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माणको महत्वपूर्ण चरणमा देश रहेकाले बाँकी कामका लागि सबै दलहरु एक भएर अघि बढ्नुपर्ने प्रतिक्रिया दिए । उनले भने “यो मतदानपछि सबैले जित हाँसिल गर्दछौ ।” उनले सदरमुकामको वालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका थिए। 

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले दिउँसो बालमन्दिर मतदान केन्द्रबाट नै मतदान गरेका थिए । उनले मतदान प्रजातान्त्रिक अभ्यास भएकाले यसले प्रजातन्त्रलाई दह्रो बनाउने बताए। नेम्वाङका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता केशब थापाले मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन आजको दिनले मार्ग प्रशस्त गरेको बताए। 

मुख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीले १२ बजेसम्म ३० प्रतिशत मतदान भएको जानकारी दिए। इलाममा दुई लाख ४ हजार ४६ मतदाता रहेका छन्। १४४ मतदान स्थलमा २६६ मतदान केन्द्र रहेका छन् । निर्वाचन शुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरेर दुई हजार पाँचसयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार