काभ्रेमा मतदान गर्दै वृद्ध, र वृद्धा। तस्बिर : श्रीराम केसी
काभ्रे : काभ्रेमा बिहानैदखि शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। जिल्लामा रहेको १ सय ८९ मतदान स्थलको ३ सय ५० मतदान केन्द्रमा नै मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
जिल्लामा २ लाख ७२ हजार २ सय ९२ मतदाना निर्वाचनजमा सहभागी भइरहेका छन्। निर्वाचनका लागि भन्दै जिल्लामा २८ सय कर्मचारी घटाइएको छ भने शान्ति सुरक्षा अत्यन्तै कडा पारिएको छ। बिहानैदेखि नेपाली सेना र सशस्त्रले बाहिरी घेरामा सुरक्षा दिइरहेको छ भने नेपाल प्रहरी र जनपथ प्रहरीले मतदान स्थल भित्र सुरक्षा दिइरहेको छ। ३५ सय सुरक्षाकर्मी खटाइएको छ। जिल्लामा हालसम्म कुनै पनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...