• निर्वाचन समाचार
advertisement

भक्तपुरमा १ बजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान

ईश्वरकाजी खाइजू | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश ३ भक्तपुर


भक्तपुर : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन भक्तपुरमा शान्तिपूर्ण रुपमा अघि बढिरहेको छ। यहाँ दिनको १ बजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जाडो भएकाले बिहान मतदान गर्न आउने मतदाताको संख्या पातलो देखिन्छ। तर १० बजेपछि भने मतदाताहरुको लाइन लम्बिँदै आएको छ। कार्यालयका अनुसार भक्तपुरका ७८ वटा मतदान केन्द्रका दुई सय नौ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको हो।

‘बिहान १० बजेअघिसम्म कुनै अप्रिय घटना भएको छैन’, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, ‘सबैतिर उत्साहपूर्वक एवं शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारीमा आएको छ।’

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार