• निर्वाचन समाचार
advertisement

नारायणमान बिजुक्छेले गरे मतदान

ईश्वरकाजी खाइजू | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश ३ भक्तपुर


भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे। तस्बिर : अन्नपूर्ण

भक्तपुर : २०४८ सालदेखि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आफैंलाई भोट हाल्दै आएका नेपाल मजदुर किसान पार्टीले पहिलोपटक आफूबाहेकलाई मतदान गरेका छन्। यसपटक उनले नेमकिपाका उम्मेदवार पार्टी सचिव प्रेम सुवाललाई मतदान गरेका हुन्।

उनले भक्तपुर नगरपालिका वडा नं ५ स्थित विद्यार्थी निकेतन माध्यविक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन्।  नेमकिपा र वाम गठबन्धनका उम्मेदवारद्वयको एउटै मतदान केन्द्र यसैबीच भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि नेमकिपाका उम्मेदवार प्रेम सुवाल र वाम गठबन्धनका उम्मेदवार मिलन सुवालले एउटै मतदाना केन्द्रमा फरकफरक समय मतदान गरेका छन्। उनीहरु दुवैले भक्तपुर नपा ६ स्थित बालबोध शान्ति स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। वाम गठबन्धनका मिलन सुवाल माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज हुन्।

त्यस्तै भक्तपुर क्षेत्र नं १ का लागि लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगरपालिका ५ स्थित गःहिटी मतदान केन्द्रमा मतदान गरेका छन्। क्षेत्र नं २ मा भने वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले सूर्यविनायक नपा ७ गुण्डुस्थित भैरवी स्कुलको मतदान केन्द्रमा मतदान गरेका छन्। त्यस्तै नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले मध्यपुर थिमि नगरपालिका २ स्थित आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेकी छन्।

नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगाना भक्तपुर जिल्ला बाहिरका भएकाले उनले भने आफैलाई भोट हाल्न पाएनन्। भक्तपुरमा कूल एक लाख ७८ हजार ९९ मतदाता रहेका छन्। जसअनुसार क्षेत्र नं. १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३५ मतदाता रहेका छन्। दुई निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ७८ मतदान केन्द्रमा दुई सय नौ वटा मतदान स्थल रहेका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार