• निर्वाचन समाचार
advertisement

कसैले ढाल्न नसक्ने सरकार बनाउँछौं : ओली

ललितबहादुर बुढा | बिहिबार, ०७ मङि्सर २०७४


सुर्खेत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कसैले ढाल्न नसक्ने सरकार बनाउने दाबी गरेका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा भएको वाम गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा कसैले ढाल्न नसक्ने स्थिर सरकार बन्ने दाबी गरेका हुन् ।

प्रत्येक ६-६ महिनामा सरकार फेरिने नियतिको अन्त्य गर्न र मुलुकलाई स्थिर सरकार दिएर समृद्ध बनाउने उद्देश्यसहित एमाले र माओवादीको गठबन्धन कायम गरेको उनको भनाइ छ । निर्वाचनलगत्तै दुई पार्टीबीच एकता हुने भन्दै ओलीले त्यसपछि बन्ने सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने दाबी गरे । ‘निर्वाचनपछि हाम्रै नेतृत्वमा स्थिर सरकार बन्छ र त्यसले मुलुकमा समृद्धि ल्याउँछ’, ओलीले भने । चुनाव अगावै पार्टी एकता गर्ने कुरा विविध कारणले पूरा नभएपनि निर्वाचन लगत्तै एकता हुने बताए । ‘समय नपुगेकाले चुनावअघि एकता हुन सकेन’, ओलीले भने, ‘तपाइँहरु ढुक्क हुनुहोस्, निर्वाचन लगत्तै पार्टी एकता हुनेछ ।’ 

उनले मुलुकको विकास र आफ्ना सन्ततीको सुन्दर भविष्य चाहने हरेक नेपालीले वाम गठबन्धनका उम्मेदवारलाई जिताउने जिकिर समेत गरे । कम्युनिस्टको नेतृत्वमा सरकार बनेपछि लोकतन्त्र खतरामा पर्छ भन्नु भ्रम मात्रै भएको उनले स्पष्ट परे । नेपाली कांग्रेसका नेताले कम्युनिष्ट सरकार बनेपछि लोकतन्त्र खतरामा पर्ने भनेर भ्रम छरिरहेको भन्दै ओलीले त्यस्तो भ्रममा नपर्न आग्रह गरे । ‘जसले लोकतन्त्र प्राप्तिका लागि लड्यो उनीहरुबाटै लोकतन्त्र खतरामा कसरी पर्छ ?’ ओलीले प्रश्न गरे । ज्योतिषीले प्रधानमन्त्री बनाइदिनेलाई जनताको वास्ता नहुने भएकाले जनताको साथ पाएर सकार बनाउने वाम गठबन्धनलाई भोट दिन ओलीले नागरिकसँग आग्रह गरे ।

सभामा सहभागी नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले वाम एकतालाई कसैले रोक्न नसक्ने दाबी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने दाबी गरे । उनले मुलुकलाई सही मार्गमा हिडाउन वामपन्थी दलले निर्वाचन जित्नै पर्ने बताए । निर्वाचनमा वाम गठबनधनले दुई तिहाई बहुमत ल्याउने बताउँदै बादलले चुनावपछि वामपन्थी सरकार बन्न कसैले नरोक्ने बताए । उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका आधार तयार भइसकेको भन्द्र औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको प्रष्ट पारे । 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार