• निर्वाचन समाचार
advertisement

सिके राउतको गाउँमा मतदान हुन सकेन : मधेस देशको माग गर्दै मतदान बहिष्कार

मनोहर पोखरेल | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश २ सप्तरी


फाइल तस्बिर

सप्तरी : सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्बर २ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अझैसम्म हुन सकेको छैन। सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ५४५ पुरुष र ४१५ महिला गरी ९६० मतदाता रहेका छन्।

मतदान अधिकृत धनेश्वर साहका अनुसार सप्तरी क्षेत्र नं २ (क) अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित मतदान केन्द्रमा कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएनन्। प्रतिनिधि र मतदाता नआएपछि बाकस सिल गरिएर राखिएको उनले बताए।

त्यहाँ खटिएका आठ कर्मचारी, चार प्रहरी र १० म्यादी प्रहरी मतदाताको प्रतीक्षामा रहेका छन्। स्वतन्त्र मधेस गठबन्धनका सिके राउतको जन्मस्थान रहेको सो गाउँबाट मत नखसाएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको स्थानीयको भनाइ छ। 

दिउँसो एक बजेसम्म पनि मतदान गर्न कोही नआएपछि कारण बुझ्न गएका प्रहरीलाई दुई दिनदेखि भएको छलफलपछि गाउँलेले स्वेच्छाले मत नदिने निर्णय गरेको बताए।  राउतले कोठाभन्दा बाहिर मतदान गर्न आह्वान गरेपनि उनका गाउँलेले कोठाभन्दा बाहिर दिएको मतको गणना नभएर बदर मतमा गणना हुने भएकोले स्पष्ट सन्देश दिन मतदान नै बहिष्कार गरेको बताए।
 
सहभागी भएपनि हकअधिकार नपाइने भएकाले आफ्नो मत आफैसँग राखेको स्थानीय गठबन्धनका एक कार्यकर्ताले बताए। उनले मधेस देश नेपालबाट अलग्गै स्वराज हुनुपर्ने भनेर चुनाव बहिष्कार गरेको बताए।

स्थानीय जयकरण अधिकारीले सिके राउत व्यक्ति नभई विचार बनिसकेको र सो विचार मन परेकाले मत खसाउनुको औचित्य नदेखेपछि परिवर्तनका लागि निर्वाचन बहिष्कार गरेको बताए। हलो जोतिरहेका कांग्रेस कार्यकर्ता बालेश्वर माझीले गाउँलेले निर्णय गरेर मतदानमा सहभागी नहुनु भनेकाले आफू पनि मतदानमा नगएर हलो जोतिरहेको बताए।   

इमान्दार उम्मेदवार र विश्वासलायक पार्टी कोही नभएकोले मतदान गर्नुको औचित्य नरहेको स्थानीय पुष्पराज माझीले बताए। उनले धेरै पटक मतदान गरेपनि उपलब्धी नदेखेपछि र सही पहिचान पाउन नसकेकोले मतदान नगरेको बताए। प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लाका बाँकी सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्वक मतदान भइरहेको छ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार