• निर्वाचन समाचार
advertisement

१०२ वर्षीय जगतकुमारीले मतदान गर्दै भनिन् : शान्तिका लागि मतदान गरेको छु

बिहिबार, २१ मङि्सर २०७४


जनकपुरधाम : दुईजनाको सहाराका साथ मतदानस्थलमा पुगेर आफ्नो मत खसालेकी १ सय २ वर्षीय जगतकुमारी ढकालले अबको निर्वाचनपश्चात देशमा शान्ति आओस् भन्ने चाहना राखेकी छिन्। वृद्धा अवस्थाका कारण राम्ररी हिड्न समेत नसक्ने अवस्थामा पुगेकी ढकाललाई उनका आफन्तहरुले जेनतेन धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर चोकस्थित महेन्द्र मावि मतदान केन्द्रसम्म पुर्‍याएका थिए।

मतदान गरेर फर्केपछि उनले भनिन्, मत उम्मेदवार पनि राम्ररी चिन्दिन्, उनीहरुले भनेको भाषणहरु पनि खासै थाहा छैन् तर, यो मतदानबाट देशमा शान्ति आओस् भन्ने चाहना छ।'

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत नगराईन नगरपालिका २ को राजेश्वर निधि उमावि मतदान केन्द्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। उनी यसै क्षेत्रबाट उम्मेदवार पनि हुन्। नेता निधिले लोकतन्त्रको पक्षमा शान्तिपूर्वक मतदातालाई आफ्नो मतको सदुपयोग गर्न अनुरोध गरेका हुन्। निधिले भने, सबैजना हतार नगरी सोच विचारका साथ मतदान गरौं। मत बदर नहोस् भन्नमा विशेष ध्यान दिन उनले मतदातालाई आग्रह गरेका छन्।

धनुषामा दिउँसो २ः३० बजेसम्ममा ५३ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले जानकारी दिइन्। बिहान चिसो मौसमका कारण अधिकांश मतदाताहरुले दिउँसोको बेला भोट हाल्न आउन थालेका छन्। केही स्थानहरुमा फाट्फुट् विवादका घटना बाहेक जिल्लाभरीमा शान्तिपूर्वक मतदान भइरहेको धनुषाका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताएका छन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार