मतदान गर्दै किरियापुत्री। अन्नपूर्ण
सिन्धुली: सिन्धुलीमा दिउँसो ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत पुण्यश्वर प्रसाद उपाध्यायका अनुसार सिन्धुलीका १३७ मतदानस्थल र २४० मतदान केन्द्रमा गरी ५० प्रतिशत मत खसेको हो। १ लाख ८१हजार ५१६ मतदाता रहेको सिन्धुलीमा स्थानीय तहको तुलनामा कम मत खस्ने अनुमान गरिएको छ।
जिल्लाभर शान्तिपूर्णरुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदाता नामावलीमा क्रमसंख्या नमिलेका कारण केही मतदान स्थलमा विवाद भएको थियो। तर नामका आधारमा त्यस्ता मतदातालाई पनि मतदान गर्न दिने सहमति भएपछि मतदान सुरु भएको थियो।
किरियापुत्रीद्वारा मतदान
कमलामाई नगरपालिका ७ का वडा अध्यक्ष लगायतले किरिया बसेका कर्णबहादुर घिसिङले मतदान गरेका छन्। कमलामाई नगरपालिका ७ स्थित गडौली माविबाट वडाअध्यक्ष घिसिङले मतदान गरेका हुन्।
सिन्धुलीकै दुधौली नगरपालिका ९ मा रहेको सरस्वति मावि मतदान केन्द्रबाट किरियामा बसेका लाबहादुर बुढाथोकी, दिनेश बुढाथोकी र देबहादुर बुढाथोकीले पनि मतदान गरेका हुन्।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...