• निर्वाचन समाचार
advertisement

अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते, सेनाको हेलिकोप्टरबाट उद्धार

शिवराज खत्री | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश ७ अछाम


घाइते धना कुँवरलाई सेनाको हेलिकप्टरले उद्दार गरेपछि स्टेचरमा राखेर अस्पतालतर्फ लग्दै सुरक्षाकर्मी। तस्बिर : अन्नपूर्ण

अछाम : अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।  स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका छन्। 

आफ्नो श्रीमानलाई छुट्याउन गएकी धना २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। धना धनकी श्रीमती हुन। धनाको संवेदनशील अंगबाट बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बयलपाटा अस्पताल पुर्याइएको छ। 

यस्तै वाम घठबन्धनका कार्यकर्ताको कुटाईबाट साफेबगर नगरपालिका १० घुघुरकोटका ४९ वर्षीय तेजबहादुर बडासहित घाइते भएका छन्। उनको नाकमा तीन वटा टाका लागेका छन्। 

यस्तै वामँ गठबन्धनका कार्यकर्ताको कुटाइबाट मेल्लेख गाउपालिका ७ नन्देगडामा भीमबहादुर साउदको आँखामा चोट लागेको छ। जिल्लाका केही ठाउँमा वाम गठबन्दनका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि बिहानैदेखि कुटपिट गर्न थालेका हुन्। 

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार