• निर्वाचन समाचार
advertisement

बैतडीमा मतगणना सुरु

भगीरथ अवस्थी | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश ७ बैतडी


तारजालीभित्र मतगणना गर्दै गणक। तस्बिर : अन्नपूर्ण

बैतडी : बैतडीमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको छ। राजनीतिक दल र उम्मेद्वारबीच मतगणना कार्यलाई व्यवस्थित गर्न बुधबार नै २१ बुँदे निर्णय भएपछि मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। 

प्रतिनिधिसभा र प्रदेशसभाका अलग–अलग टिम बनाएर मतगणना कार्य थालिएको छ। मतगणनास्थलमा तारजाली लगाइएको छ । दलका प्रतिनिधिलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ। दलका प्रतिनिधिले मतपत्र छुन पाउने छैनन्। 

दशरथचन्द नगरपालिकाको हलमा प्रदेशसभा (क) र (ख) को मतगणना भइरहेको छ भने प्रतिनिधि सभाको नगरपालिकाको एक कोठामा भइरहेको छ। 

मतगणना कार्यलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए। 


राजनीतिक दलका प्रतिनिधिलाई मतपत्र छुन नदिने गरी मतगणनाको व्यवस्था गरिएको छ। मतगणना गर्ने कर्मचारीको टोली तारजालीभित्र मतगणना गरिरहेका छन् भने दलका प्रतिनिधिले तारजाली बाहिरै रहेर मतगणना कार्यमा सहभागी भइरहेका छन्। 

मतगणनाका लागि ६–६ जनाको तीनओटा टोली खटिएको छ। टोली समय अनुसार परिवर्तन हुनेछन् भने रातदिन मतगणना कार्य निरन्तर जारी रहनेछ। 
मतगणना गर्दा एकपटकमा कम्तिमा दुई मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गणना गर्ने सहमति अनुसार मतगणना भइरहेको छ। कुल १ लाख ३२ हजार तीन सय १९ मतदाता रहेको बैतडीमा ७६ हजार तीन सय ४३ मत खसेको छ।

मतगणना चलिरहँदा मतगणनास्थल बाहिर मानिसहरुको ठूलो भीड लागेको छ। मतपरिणामका बारेमा उत्सुक रहेका मतदाता, राजनीतिक दलका नेता कार्यकर्ताको मतगणनास्थल बाहिर भिड लागेको हो। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार