काभ्रेमा शान्तिपूर्ण मतदान, ६५ प्रतिशत मत खस्यो
श्रीराम केसी | बिहिबार, २१ मङि्सर २०७४
काभ्रेको चौरीदेउराली गाउँपालिकास्थित अरनिको मावि मतदान केन्द्रमा मत हाल्दै किरियापुत्री। तस्बिर: श्रीराम केसी
बनेपा: काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। जिल्लामा रहेका एक सय ८९ मतदानस्थलको ३ सय ५० मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
उनका अनुसार काभ्रेमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका विकट क्षेत्रहरु कोशीपारी, डाडाँपारीका मतपेटीका बिहीबार ल्याउन असम्भव भएकाले शुक्रबार साँझसम्ममा सम्पूर्ण मतपेटिका आईपुग्ने जानकारी दिए। सदरमुकाम धुलिखेल नजिक र यातायातको पहुँच पुगेका मतदान केन्द्रका मतपेटिका भने मतदान सकिएलगत्तै सदरमुकाम ल्याउन सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताए। उनले सबै मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने बताए।
२ लाख ७२ हजार २ सय ९२ मतदाता रहेको काभ्रेमा दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्म्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्। प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले मतदानलाई शान्तिपूर्ण बनाउन राजनीतिक दल, कर्मचारी, मतदाता र सुरक्षा निकायले महत्वपूर्ण सहयोगी भूमीका खेलेको बताए।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...