भक्तपुर: प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत बिहीबार भएको मतदानमा भक्तपुरमा ७६.६९ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले प्रारम्भिक रिपोर्टअनुसार भक्तपुरमा एक लाख ३६ हजार पाँच सय ९३ अर्थात ७६.६९ प्रतिशत मत खसेको जानकारी दिएका हुन्।
उनले शुक्रबारसम्ममा यथार्थ मतदान प्रतिशत आउनेसमेत बताए।
भक्तपुरमा कूल एक लाख ७८ हजार ९९ मतदाता रहेका छन्। जसअनुसार क्षेत्र नं. १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३५ मतदाता रहेका छन् । जिल्लाका ७८ वटा मतदान केन्द्रका दुई सय नौ वटा मतदानस्थल रहेका छन्।
सर्वदलीय बैठक बस्दै
एकदुई ठाउँबाहेक जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको छ। सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए।
उनले राजनीतिक दल तथा उम्मेदवारहरुको सर्वदलीय बैठक बसेर मत गणना गर्नेबारे निर्णय गरिने बताए । ‘सर्वदलीय बैठक बस्दा सबैले बुधबार रातीदेखि नै मत गन्ने सहमति गरे आजै सुरु गर्छौं', प्रमुख निर्वाचन अधिकृत शर्माले भने ।
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं २ का अधिकृत उत्तम सिलवालले पनि सर्वदलीय बैठक बसेर मतगणना गर्नेबारे टुंग्याउने जानकारी दिए । भक्तपुर निर्वाचन क्षेत्र नं १ को मतगणना चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा हुने व्यवस्था गरिएको छ । क्षेत्र नं २ को भने मध्यपुर थिमि नगरपालिका ९ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मत गणना गरिने भएको छ ।
मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतहरुले बताएका छन् । मतगणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । त्यस्तै मत परिणाम सार्वजनिक गर्न सूचना अधिकारीसँगै माइकको व्यवस्था गरिएको छ ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...