• निर्वाचन समाचार
advertisement

कांग्रेसलाई बहुमत दिनुहोस्, हामी समृद्ध नेपाल दिन्छौँ : विनोद चौधरी

अन्नपूर्ण | बिहिबार, ०७ मङि्सर २०७४


नुवाकोट : उद्योगपती एवम कांगे्रस नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि कांग्रेसलाई बहुमतको सरकार बनाउने गरी मत दिन आह्वान गरेका छन्। बिहीबार नुवाकोटको देवीघाट र खरानीटारमा आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भव नहुने भन्दै कांग्रेसलाई भोट दिन आह्वान गरेका हुन्। 

‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदाता पनि जिम्मेवार छौं’, चौधरीले भने,  ‘तपाईहरू कांग्रेसलाई बहुमत दिनुहोस्, हामी समृद्ध नेपाल दिन्छौ।’ कांग्रेसको चुनावी दौडाहामा रहेका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभापछि बिहीबार  नुवाकोटका कांग्रेस उम्मेदवारलाई जिताउने अभियानमा लागेका हुन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार