• निर्वाचन समाचार
advertisement

बैतडीमा वामगठबन्धनको अग्रता कायमै

भगीरथ अवस्थी | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ७ बैतडी


बैतडी : बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा बामगठबन्धन अघि देखिएको छ। शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेससभा दुवैमा वामगठबन्धनको अग्रता देखिएको हो।

प्रतिनिधिसभाको १३ हजार ८०५ मत गनिसक्दा वामगठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले ६९७२ मत ल्याएर अग्रता कायमै राखेका छन्। उनका प्रतिष्पर्धाी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले  ५हजार २६९ मत प्राप्त गरेका छन्। त्यस्तै विवेकशील साझाका उम्मेदवार नारायणदत्त अवस्थीले १२२, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारीले ५५ र एकीकृत राप्रपा राष्ट्रवादीका त्रिलोकबहादुर चन्दले ९६ मत प्राप्त गरेका छन्। 

प्रदेशसभाका दुवै क्षेत्रमा वामगठबन्धनको अग्रता कायमै रहेको छ। प्रदेशसभा ९क० क्षेत्रमा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले ६ हजार १४७ ले प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हरिमोहन भण्डारीले ४ हजार ७३८ मत प्राप्त गरेका छन्। जनसमाजवादी पार्टी नेपालका भगीरथसिंह कुवरले ३७८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय मुक्ति आन्दोलन नेपालका दिलिपराज पाण्डेले १३९ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय जनमोर्चाका अर्जुनसिंह मडैले २१ मत प्राप्त गरेका छन्। प्रदेशसभा ९क० क्षेत्रमा अहिले सम्म १२ हजार ५०२ मत गनिसकिएको छ। 
प्रदेशसभा 'ख' क्षेत्रमा बामगठबन्धन उम्मेदवार एमालेका लीलाधर भट्टले ६ हजार ४५३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका गणेश चन्दले ४ हजार ८५७ मत प्राप्त गरेका छन्। प्रदेशसभा ९ख० क्षेत्रमा अहिले सम्म १२ हजार ४७ मत गणना गरिएको छ। 

कुल १ लाख ३२ हजार तीन सय १९ मतदाता रहेको बैतडीमा ७६ हजार तीन सय ४३ मत खसेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार