• निर्वाचन समाचार
advertisement

रोल्पामा वामगठबन्धनको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४


रोल्पा  : रोल्पामा प्रतिनिधिसभा र प्रदेश सभामा वामगठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  प्रतिनिधिसभातर्फ ८ हजार ८ सय ३५ मत गणना हुँदा वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त ५ हजार ५१ ले अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवारी एवं सिंचाई राज्यमन्त्री अमरसिंह पुनको २ हजार ६ सय ४९ मतले पछ्याउँदै आएका छन् । 

प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं क मा वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसी १ हजार ८ सय ९४ ले अघि छन । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महराले १ हजार ४ सय ९७ मत ल्याएका छन् । क मा ३ हजार ९ सय ४३ मत गणना भएको छ ।

निर्वाचन क्षेत्र ख मा ५ हजार २५ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार दिपेन्द्रकुमार पुनले ३ हजार ७ सय ११ मत सहित अग्रता कायम गरेका छ्न् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्रप्रकाश हमालले ८ सय ६१ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार