• निर्वाचन समाचार
advertisement

दोलखामा वामगठबन्धनको फराकिलो मतान्तर

सुवास योञ्जन | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३ दोलखा


चरीकोट :  दोलखामा वामगठबन्धनका उम्मेदवारहरुको फराकिलो मत मतान्तर आएको छ।पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखामा वामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले नेता पार्वत गुरुङले ७ हजार ६ सय ६३  मत ल्याएका छन् भने लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रुद्रबहादुर खड्काले ३ हजार १ सय ३६ मत ल्याएका छन्। 

यस्तै वामगठबन्धन बाट प्रदेश सभा १ (क) तर्फ उम्मेदवार बनेका माओवादी केन्द्रका नेता विशाल खड्काले ६ हजार २ सय ३६ मत ल्याएका छन् भने लोकतान्त्रीक गठबन्धन बाट उम्मेदवार बनेका काँग्रेस नेता बर्मा लामाले २ हजार १ सय १ मत ल्याएका छन्।

यस्तै प्रदेश सभा अन्र्तगत क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पशुपति चौलागाइको ४ हजार ६ सय ८० र लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता केशवराज चौलागाईको १ हजार ७ सय ७१ रहेको छ भने नेकपा मालेबाट उम्मेदवार बनेका लालकुमार केशीको १ हजार ४ सय ७२ रहेको मुख्य निर्वाचन कार्यालय दोलखाले जनाएको छ। 


 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार