• निर्वाचन समाचार
advertisement

रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी

महेश केसी | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ५ रुकुम (प्र. ५)


रुकुम पूर्व :  रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्। संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ओलीले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मतले पछि पार्दै जित हात पारेका हुन्। 

विजयी ओलीले ५ हजार ४ सय २७ मत ल्याएका छन् भने उनका मुख्य प्रतिस्पर्धी रहेका कांग्रेसका उम्मेदवार पुनले २ हजार १ सय ४४ मत ल्याएका छन्।  तस्तै ८ सय ५१ मत ल्याएर नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार राखिमान घर्ती तेस्रो स्थानमा रहेका छन् भने  ५९ मत ल्यएर राष्ट्रिय जनमोर्चा नेपालका उम्मेदवार अनराम पुन चौथो स्थानमा रहेका छन्। रुकुम पूर्वको प्रदेश सभा ‘क' बाट चार जना उम्मेदवारहरु चुनावी मैदानमा थिए। 

नेकपा माओवादी केन्द्र रुकुम पूर्वका इन्चार्ज रहेका ओली पूर्व जनमुक्ती सेनाका तेस्रो डिभिजन कमाण्डर हुन्। ओली पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा भिडेका हुन्। उनी माओवादी केन्द्रका क्रियाशील र प्रभावशाली युवा नेता समेत मानिन्छन्। 
 
कुल १३ हजार ९ सय ३ मतदाता रहेको रुकुम पूर्व प्रदेश सभा ‘क' मा  ८ हजार ८ सय ६१ मत खसेको थियो। यसमध्ये ८ हजार ४ सय ८४ मत सदर भएको छ भने बाँकी ३ सय ७७ बदर भएको छ। 

रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यको गणना भने यसअघि नै सम्पन्न भैसकेको छ जसमा संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी महिला नेतृ तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोका विजयी भइसकेकी छिन्। प्रदेश सभा ‘ख' को मतगनणा जारी रहेको र आजै अपराह्न सम्ममा ‘ख' को पनि मत परिणाम आइसक्ने  मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार