• निर्वाचन समाचार
advertisement

चुनावको तयारी अन्तिम चरणमा

खेम बुढामगर | शुक्रबार, ०८ मङि्सर २०७४


रोल्पाका मतदानस्थलतर्फ प्रस्थान गरेका निर्वाचन कर्मचारी । तस्बिरः खेम बुढामगर

रोल्पा: सुरक्षाका दृष्ट्रिकोणमा अति संवेदनशील मानिएको रोल्पामा चुनावी तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन कर्मचारी सबै मतदान स्थलमा पुगिसकेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ। भौगोलिक विकटतालाई ख्याल गर्दै निर्वाचन कार्यालयले मंसिर ५ गतेदेखि नै निर्वाचन कर्मचारी मतदानस्थलतर्फ पठाएको मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले बताए। उच्च सुरक्षा व्यवस्थासहित निर्वाचन कर्मचारीका साथै निर्वाचन सामग्रीहरु पनि मतदानस्थल पुगिसकेको उनले बताए।

निर्वाचन विथोल्ने गरी लगातार रुपमा बिष्फोटनका घटना बढ्न थालेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त सुरक्षा टोलीबाट जिल्लाका दुर्गम भेगमा सुरक्षा गस्ती बढाइएको छ। सुरक्षाकर्मीले मतदान स्थलमा पहरा दिइरहेका छन्। पछिल्लो समय सुरक्षा स्थिति सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले जनाए। उनले भने, ‘शान्ति, सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको छ। मतदाताले भयरहीत अवस्थामा मतदान गर्न सक्नेछन्।'

सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षाकर्मी थपिएको छ। प्रहरी उपरीक्षक केदार रजौरेसहित २२ प्रहरी निरीक्षक थप गरिएको छ। नेपाली सेनाको खड्क दल गण, सशस्त्र प्रहरी, ५ सय १३ जनपद प्रहरी र ९ सय १ म्यादी प्रहरी निर्वाचनका लागि परिचालन गरिएको प्रशासनले जनाएको छ।

८० मतदान स्थल मध्ये ६० मतदानस्थल उच्च संवेदनशील, १५ संवेदनशील र पाँच मतदान स्थल सामान्य छन्। निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार