मतगणना गर्दै कर्मचारीहरु।
फिदिमरः पाँचथरमा मतगणना सुस्त भएको भन्दै आलोचना हुन थालेको छ। बिहीबार बेलुका पाँच बजेदेखि दुई ठाँउबाट प्रतिनिधिसभा सदस्यको मतणना सुरु गरिए पनि शुक्रबार बिहान १० बजेसम्ममा १५ हजार ६०५ मत मात्र गणना गरिएको हो।
मतगणना अत्यन्तै सुस्त भएपछि तीन ठाँउबाट गणना सुरु गरिएको छ। पाँचथरमा ७७ हजार ८०३ मत खसेको हो। प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपछि मात्र प्रदेशसभा सदस्यको मतगणना गरिने भएको छ। शनिबार रातिसम्ममा प्रतिनिधिसभा सदस्यको मत गणना सम्पन्न गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए।
जिल्ला समन्वय समिति पाँचथरको कभर्डहलमा गरिएको मतगणनामा अहिलेम्मको नजितामा वाम गठबन्धबाट एमालेका उम्मेदवार बसन्त नेम्वाङले अग्रता लिएका छन्। नेम्वाङले सात हजार चार सय ५१ मत पाउँदा काँग्रेसका भीष्मराज आङ्दम्बेले पाँच हजार आठ सय तीन मत पाएका छन् ।
संघीय समाजवादी फोरमका प्रेमराज लावतिले तीन सय २३ मत, संघीय लिम्बुवानका सागर केरुङले दुई सय ७९ मत पाएका छन्। त्यस्तै मालेका दिनानाथ घिमिरेले दुइ सय ४१ मत, घर चिन्हका भगिरथ लिम्बूले १८५ मत पाएका हुन्। १५ हजार ६ सय ५ मतगणना गर्दा एक हजार ४०५ मत बदर भएको छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...
कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...
पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...
सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु
आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...