• निर्वाचन समाचार
advertisement

हुम्ला प्रदेश क मा वाम गठबन्दनका दल रावल विजय नजिक

नवराज महतारा | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ६ हुम्ला


सिमकोट : हुम्ला जिल्लाको प्रदेशसभा क बाट वाम गठबन्दनका एमालेका दल रावल आप्mना प्रतिद्धन्द्धीभन्दा झण्डै दोब्बर मत अन्तरले विजयी नजिक पुगेका छन्। चार वटा गाउँपालिका भएको प्रदेश क बाट एमालेका रावलले अहिलेसम्म ५ हजार ३ सय ७७ मतले अग्र स्थानमा रहेका छन् भने उनलाई लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका ठानबहादुर रोकायाले ३ हजार ३ सय ९९ मतले पछ्याइ रहेका छन् । 

२९ वटा मतदान केन्द्र रहेको प्रदेश क मा २५ भन्दा बढी मतदान केन्द्रको मत परिणाामा सार्वजनिक भैसक्दा एमाले हुम्लाका अध्यक्ष समेत रहेका रावलले ठूलो मतान्तरले लिड गरेकाले उनले प्रदेशसभाको बाजी मार्नेमा एमाले नेता तथा कार्यकर्ता ढुक्क देखिएका छन् । जिल्ला समन्वय समितिको सभाकक्षमा बिहिबार  साँझ ६ बजेर ५ मिनेट देखि सुरु भएको मत गणना अबको एक घण्टामै सकिने संभावना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकै कडा सुरक्षाका बिच भएको मत गणनास्थल बाहिर निकै खुशी भएका वाम गठबन्धन र एमालेका नेता कार्यकर्ताको भिड लाग्न थालेको छ ।  

प्रतिनिधिसभाको प्रारम्भीक मत परिणाम अनुसार हुम्लाको प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाकै अग्रता कायम छ । सात वटा गाउँपालिका भएको हुम्लामा ताँजकोटका पाँचवटै मतदान केन्द्रका मत गणना सकिञ्जेल स्वतन्त्र उम्मेरदवार लामाले निकटतम प्रतिद्धन्तीभन्दा दोब्बर मत अन्तर अर्थात १ हजार ६० मतले अग्रता कायम गरेका छन् । बिहिबार साँझ ६ बजेर ५ मिनेट गएपछि सुरु भएको मत गणनाको साढे ९ बजेको पछिल्लो अपडेट अनुसार लामालाई पछ्याउँदै नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ५ सय २३ मत प्राप्त गरेका छन् । यसैगरी वामगठबन्धनका तर्फबाट उम्मेरदवार छिमिदोर्जे लामाले ४ सय ६७ मत प्राप्त गरेका छन् । 

पछिल्लो परिणामा अनुसार जनसमाजवादीका रण्बहादुर रम्तेलले  २७७, यसैगरी नयाँ शत्तीका तुलबहादुर शाहीले १०, राप्रपाकी देवकी शाहीले ५ र संघीय समाजवादी फोरमका कालिबहादुर विकले ५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार