• निर्वाचन समाचार
advertisement

महोत्तरीमा दिउँसो १ बजेबाट मतगणना

शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश २ महोत्तरी


महोत्तरीः महोत्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । बिहीबार अबेर राति सबै क्षेत्रका मतपेटिका सदरमुकाम जलेश्वर ल्याइसकिएको भएपनि मतगणना भने आज दिउँसोबाट मात्र हुने भएको छ।  

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शुक्रबार बिहान ७ बजेदेखि मतगणना प्रक्रिया सुरु गर्ने तयारी भएपनि सर्वदलीय बैठक ढिलो गरी बसेकाले मतगणनामा ढिलाइ भएको जनाए। बिहान ११ बजेसम्म सर्वदलीय बैठक सकिएको छैन। 

मतगणनास्थलमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै तारजाली लगाएर उम्मेदवारको प्रतिनिधिलाई घेरा बाहिरै बस्ने व्यवस्था मिलाइएको छ। मतगणना कार्यका लागि मतगणना स्थलहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 महोत्तरी क्षेत्र नं. १ को मतगणना सदरमुकाम जलेश्वरस्थित कर्वड हल, क्षेत्र नं. २ को गण्ना जिल्ला समन्वय समितिको माथिल्लो हल, क्षेत्र नं. ३ को  मतगणना जिल्ला समन्वय समितिको तल्लो सभाहल र क्षेत्र नं. ४ को जिल्ला हुलाक कार्यालयको नवनिर्मित भवनमा मतगणना हुने जनाइएको छ।

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा महोत्तरीमा ६७.५७ प्रतिशत मत खसेको छ। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार