सुनसरी : सुनसरीको मत गणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ। शुक्रबार सदरमुकाम इनरुवामा बसेको सर्वदलीय बैठकले जिल्लाका चारवटै निर्वाचन दिउँसो १ बजेबाट मत गणना गर्ने निर्णय गरेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजे बसेको बैठकमा पनि दलगत उम्मेदवार तथा प्रतिनिधि ढिला गरी उपस्थित भएपछि मतगणना ढिलो हुने भएको हो। बैठकले दलिय सहमति जुटाएर मतगणनालाई अघि बढाउने तयारी थाले पनि उम्मेदवार तथा दलीय प्रतिनिधिबीच सहमति जुट्न सकेको थिएन्। सुनसरी क्षेत्र नम्बर १ र ४ को भगवती मावि र क्षेत्र नम्बर २ र ३ को जिल्ला समन्वय समितिको कार्यालयमा मत गणना हुने छ।
सुनसरी क्षेत्र नम्बर ३ को मत गणना स्थलको विषयलाई लिएर वाम गठबन्धनका उम्मेदवारले असन्तुष्टि जनाएका छन्। मणनास्थल साँघुरो, अव्यवस्थित र मत पेटिका एक भवनबाट अर्को भवनमा ल्याउने बाटोमा तारजालीसहितको सुरक्षा तैनाथी नमिलाएका कारण मत गणनामा सहमति जनाउन नसेको वाम गठबन्धनको भनाइ छ।
वाम गठबन्धनले मतगणना स्थलको व्यवस्थापनमा असन्तुष्टि जनाएपछि सोही अनुरुपको प्रवन्ध मिलाउने गरी तयारी अघि बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए। सुनसरी ३ मा उपप्रधान मन्त्री तथा कांग्रेस नेता विजय गच्छदार र वाम गठबन्धनबाट एमाले नेतृ भगवती चौधरीबीचको प्रतिष्पर्धा रहेकाले सो निर्वाचन क्षेत्रको परिणामलाई आमचासो र चर्चाका रुपमा हेरिएको छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...
कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...
पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...
सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु
आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...