• निर्वाचन समाचार
advertisement

नुवाकोटमा वाम र रसुवामा लोकतान्त्रिक गठवन्धन अगाडि

देवचन्द्र भट्ट | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३


मतगणना गर्ने क्रममा दलका प्रतिनिधिलार्इ जालीभित्रबाट मतपत्र देखाउँदै।

नुवाकोटः  नुवाकोट र रसुवा दुबै जिल्लामा मतगणना जारी छ । नुवाकोटमा वामगठबन्धन र रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको अग्रता छ। 

प्रतिनिधिसभाका लागि दुई र प्रदेश सभाका लागि चार क्षेत्र रहेको नुवाकोटमा शुक्रवार बिहान ११ वजेसम्म वामगठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एउटा मात्र प्रतिनिधि सभा र दुई वटा प्रदेश तह क्षेत्र रहेको रसुवामा भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको अग्रता रहेको छ। 

नुवाकोटको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले कांग्रेस उम्मेदवार तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई पछि पारेका छन्।

तामाङले चार हजार पाँच सय ६० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार डा. महतले तीन हजार ८ सय ६० मत प्राप्त गरेका छन्। यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा पाँच हजार ६ सय १८  मतको साथ अग्रस्थानमा छन् ।

 कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले तीन हजार पाँचसय ९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। नुवाकोटमा प्रदेशसभातर्फ पनि वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । 

प्रतिनिधिसभा क्षेत्र नं. १ को (क) तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ दुई हजार एकसय ६ मतको साथ अग्रस्थानमा छिन् । कांग्रेसका उम्मेदवार महेन्द्र थिङले १ हजार पाँच सय ७१ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका बद्री मैनालीले तीन हजार एकसय ८४  मत ल्याएर अग्रस्थानमा रहँदा कांग्रेस उम्मेदवार रमेशकुमार महतले १ हजार सातसय ४० मत प्राप्त गरेका छन् । यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले तीन हजार ३ सय ६० मत ल्याएर अग्रस्थानमा रहेका छन् । 

कांग्रेस उम्मेदवार जगदीशनरसिंह केसीले दुई हजार ३ सय तीन मत प्राप्त गरेका छन् । प्रदेश सभा (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले दुईहजार ६ सय ४५ मत ल्याएर अग्रस्थानमा रहेका छन्। कांग्रेसका उम्मेदवार जगतबहादुर तामाङले दुई हजार ७१ मत प्राप्त गरेका छन्। नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल ६ पदको लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनमा एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका थिए।

रसुवामा लोकतान्त्रिक अगाडि
रसुवामा लोकतान्त्रिक गठबन्धन अग्रस्थानमा छ। रसुवामा एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेश तह क्षेत्र रहेका छन्। 

२६ हजार मत खसेको रसुवामा प्रतिनिधिसभातर्फ कांग्रेसका मोहन आचार्य अग्रस्थानमा छन्। बिहान ११ बजेसम्म नौ हजार ६ सय १९ मतगणना गर्दा पाँच हजार ५ सय ८४ मत प्राप्त गरेका छन्। 

एमालेका जनार्दन ढकालले तीन हजार ९ सय ९४ मत पाएका छन् । प्रदेश सभा क तर्फ पनि कांग्रेसकै प्रभात लामाले चार हजार ६ सय ९६ मत पाएर अग्रस्थानमा रहेका छन् । प्रदेश सभा ख को भने मतगणना सुरु भएको छैन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार