• निर्वाचन समाचार
advertisement

रामेछापमा १५ सय कर्मचारी र २२ सय सुरक्षाकर्मी परिचालन


रामेछापमा मतदाता परिचयपत्र वितरण गर्दै कर्मचारी । तस्बिर : अन्नपूर्ण

सिन्धुली : रामेछाप जिल्लामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि १ हजार ५ सय २८ कर्मचारी र दुई हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन हुनै सबै मतदान केन्द्र र स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेको रामेछापमा १ सय ९१ मतदान केन्द्र र ९० मतदानस्थल रहेका छन् ।

जिल्लाको अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्रको वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछोने जानकारी दिए । ‘आइतबार हुने निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । जस अनुसार रामेछापको ८ स्थानीय तह अन्तर्गत रहेका ६४ वडाभित्र रहेका विभिन्न मतदान केन्द्र र मतदानस्थलमा सुरक्षाकर्मी पुगिसेका छन्,’ उनले भने ।

निर्वाचन केन्द्र र स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपेटिका, मतपत्र लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित मतदान अधिकृत र सहायक मतदान अधिकृत मार्फत् पठाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले जानकारी दिए । मतदान अधिकृत र सहकाय मतदान अधिकृत मार्फत मंसिर ८ र ९ गते सम्बन्धित मतदान केन्द्रबाट स्थानीय तहको निर्वाचनमा लिन छुटेका र नयाँ थपिएका मतदाता परिचयपत्र वितरण गर्ने समेत उपाध्यायले बताए ।  रामेछाप जिल्लामा १ लाख ५२ हजार मतदाता रहेका छन् ।  ‘रामेछापमा स्थानीय तहको निर्वाचनमा वितरण हुन बाँकी २० हजार र नयाँ १७ हजार मतदाता परिचयपत्र वितरण गरिने छ,’उपाध्यायले भने । 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार