विराटनगर : निर्वाचन क्षेत्र नम्बर ६ को बाकस खोलेर मोरङको मत गणना सुरु भएको छ। सर्वदलिय बैठक सम्पन्न भएपछि ११ बजेदेखि मत गन्न सुरु गरिएको हो। छिटो मत सार्वजनिक गर्नका लागि प्रत्येक निर्वाचन क्षेत्रको ३–३ ओटा स्थानमा मत गणना गरिने जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।
मोरङ ६ मा हेविवेट नेता चुनावी भिडन्तमा छन्। वामगठबन्धनले लालबाबु पण्डित र कांग्रेसले शेखर कोइरालालाई उम्मेदवार बनाएको छ। उक्त निर्वाचनको क्षेत्रको पहिलो मत गणनाको नतिजा केहीबेरमा सार्वजनिक हुँदैछ।
त्यसैगरी क्षेत्र नम्बर ६ र ३ को मतगणना पनि सुरु गरिएको छ। कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा कुल ४ लाख ६८ हजार ३ सय ५६ मत खसेको छ। यो कुल मतदाताको ७६.५३ प्रतिशत मत रहेको निर्वाचन कार्यलयले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...
कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...
पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...
सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु
आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...