• निर्वाचन समाचार
advertisement

सिरहामा मतगणना सुरु

सन्तोष यादव | शुक्रबार, २२ मङि्सर २०७४


सिरहा : सिरहामा  मतगणना सुरु भएको छ। प्रतिनिधिसभा ३ र प्रदेशसभा ३(क)को मतगणना आज बिहान ११ः४० बजेबाट सुरु भएको छ। बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सिरहा प्रतिनिधिसभा ३ मा वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असेश्वर यादबबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ।

श्रेष्ठ नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डसँग थोरै मतानन्तरले पराजित भएका थिए। तर यो चुनावमा वाम गठबन्धन बनेपछि उनले जित्ने आँकलन गरिएपनि फोरमका उम्मेदवार यादवले कडा टक्कर दिने स्थानीयहरु बताउँछन्।यस्तै प्रदेशसभा ३ (क)मा वाम गठबन्धनका उम्मेदवार रामकुमार यादव, फोरम उम्मेदवार मनोज सिंह र कांग्रेस उम्मेदवार मुस्ताक अन्सारीबीच प्रतिस्पर्धा हुने चर्चा चलेको छ। माओवादी नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार यादवको जीत यस प्रदेशसभा क्षेत्रमा मजबुत देखिएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै तारजाली र सिसि क्यामेरा समेत जडान गरिएको छ। बाँकी तीन प्रतिनिधिसभा र ७ प्रदेशसभामध्ये ३ प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना पनि केहीबेरमा सुरु हुने मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।चार प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिरहामा ७०.७९ प्रतिशत मत खसेको छ। जिल्लामा कूल ३ लाख ४४ हजार ७३० मतदाता रहेकोमा २ लाख ४३ हजार ७९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार